फु गरेर ढलाइदिन्छु !
खुमकान्त अर्याल
यो शीर्षक देखेपछि भन्नुहुनेछ, हैन मान्छे त सद्ध्ये नै जस्तो मान्थ्यौं यस्तो घमन्ड गर्दो रहेछ त ! मैले यस्तो आज सम्म कहिल्यै बोलेको पनि छैन र म संग कसैलाई चुनौती दिन सक्ने त्यत्रो केही बल बुद्धिको औकात पनि छैन र त्यस्तो भावना पनि । बरू सानो छदा साथीभाइ संग खेल्दा लडाई गर्दा कोही अलि घमन्डी साथीले अर्कोलाई हेला गरेर तलाई त म कान्छी अम्लाले पनि जित्दिन्छु, फु गरेर ढलाइदिन्छु, आच्छुं खाएँ बाच्छुं खाएँ झुसे बारूला जस्ता कुरा भनेर थर्काउने र लुच्याई गरेर खेल जित्ने गरिन्थ्यो । खानेकुरा, हेर्ने कुरा, पाउने कुरा भए पनि यस्तै सान देखाएर लाभ लिने घटना बाक्लै हुन्थ्यो ।
पुरानो सामान्ती युगमा ठूलावडाले गरिव र दिनहीनहरूलाई मान्छे हो भन्न पनि सक्दैन थे र नाम पनि कुन कुरूपको र सुन्दै हेलाँ हुने खालको छ त्यही राखिदिन्थे । नाम त राम्रो भनिदिदा तिनका वाउको के नै जान्थ्यो र कसैको डल्ले, भाते, धुवाँसे, लिखे जस्ता सम्मका । भाग्यले ठगेको हुदा सुख र राम्रो जीवन अनि हक खोज्न हुदैन पाप लाग्छ भनेर सानै देखि तालीम दिइदै आएका ती विचराहरू कसैले न्यायको खोजी र हक माग्न खोज्यो कि उसले यातना पाउँथ्यो र मुख लाग्यो भने माथि भनेझै फु गरेर ढालीदिने धिम्क सुन्नु पथ्र्यो । त्यही देखेर र सुनेर होला बालकहरूले पनि खेल्दा, पढ्न जाँदा विवाद भयो भने यी धम्कीका भाषा बोल्थे र बोल्ने गरिन्थ्यो ।
यही विभेद अन्याय र धम्कीका विरूद्ध सन्सारमा धेरै ठूला क्रान्तीहरू भए हजारौं लाखौंले सहादत प्राप्त गरे तर आज पनि समाजमा साँध सीमाना, पानी पधेरो,लेनदेन, समान हक, नेतृत्वको अवसरको लागि छिनाझम्टी र यस्ता खाले धम्की सुन्ने गरिन्छ । राजनीतिका विभिन्न सिद्धान्त र प्रयोगहरूले यस्तो हेपाई र अन्यायको अन्त्य गर्ने प्रयासहरू गरिएको छ तर जो यसको नायके हो उसैले घुमाइफिराई शक्ति आँफुमा सुरक्षित गर्न यो भाषा प्रयोग गर्न सर्म मान्दैनन् । यति मात्र हो कि धम्कीको रूपको संस्करण भएको छ । यो अवस्था सबै भन्दा धेरै त सायद हामी कहाँ छ ।
नयाँ नेपाल बनाउने संकल्प गरि जनयुद्धमा होमिएको माओवादी नै जव रक्षात्मक अवस्थामा आइपुग्छ नि तव उनीहरू फेरी जंगल जाने धम्की दिइरहेका हुन्छन् । आँफ्ना छोराछोरीलाई भोट नदिए लोकतन्त्र कै के हालत हुन्छ हेर भन्न पनि सकेकै हो । हाँसी हथौडामा भोट नहाल्ने चितवनका कांग्रेसीहरुलाई शेर बहादुर देउवाले दिएको धम्की पनि चर्चित नै छ । धम्की दिने कुरामा केपी शर्मा ओलीको त झन भन्नै परेन । शेर बहादुर देउवा अरू बाहिरकालाई भन्दा आँफ्नै पार्टी भित्रकलाई अझ शेखर कोइरालालाई विधान बदलेर फेरी पनि पार्टी सभापतीमा उठेर तिमीहरूलाई दुःख दिन सक्छु भनेर धम्की दिइरहन्छन् । उता माधव नेपाल र झलनाथ खनालहरू केपी बा लाई चुनावमा धुलो चटाउने घोषणा गरिरहकैछन् । कुनै दिन शुसिला कार्कीजस्ता कर्तव्य निष्ठ प्रधानन्यायाधीशलाई फु को धम्की दिए, धम्की दिनेहरू अहिले पछुताको रापमा छन् ।
आर्का प्रधानन्याय मुर्तीलाई अहिले त्यस्तै गरिरहेका छन् तर उनैले दिएको भद्रगोलको जवाफले रातो र तातो भरएर छटपटिदै छन् अहिलेको संघ र प्रदेशको चुनावमा उठ्ने चाहना भएका कतिपय न्यायप्रियहरूले नै फु को धम्की पछि नाम फिर्ता लिनु पर्ने होला सायद ।
हिजो अस्ति कै घटना हो, कर्तव्यपालनमा खटिएको निर्दोस सुरक्षाकर्मीलाई कुनै मन्त्रीले फु को धम्की मात्र हो र कार्वाही नै गर्न तयार भए । एउटा पार्टीले अर्को पार्टीलाई आउँदो चुनावमा फु गरेर ढलाइिदने कुरा त बरू सामान्य नै मानौं तर गाँउघरमा कतै त आँफ्नो भोट आँफै दिन पाए भाग्य मान्न पर्दछ । भोट नदिए के हुन्छ देख्लास भन्छन र दिएको प्रमाणित गर्न विचरा भोटमा ५÷१० को नोठ स्टिज गरेर वाकसमा मत पत्र छिराउँछन् । फु गरेर ढलाइदिन्छु भन्न नपाउन कै लागि कति राष्ट्रिय अन्तर्राष्ट्रिय संन्धी र संझौता भए तर पाखुरामा बल हुनेहरूको लागि यो वाक्य अहिले पनि वैध र न्याय संगत नै छ ।
अस्ति भर्खरको अन्तर्राष्ट्रिय घटना हो, सार्वभौम छिमेकी मुलूक युक्रेन लाई रूसले फु गरेर ७२ घन्टा भित्र ढलाइिदने हुंकार गर्दै युक्रेन माथि हमला गर्यो, दृढ संकल्पका साथ युक्रेनीहरू कम साधन लिएर ६ महिना देखि लडिरहेका छन् त्यसैले देश बचाउन सक्षम भैरहेका छन् । फु गरेर ढलाउन भियतनाम छिरेको अमेरिका साहसी भियतनामीहरू संग हारेर अन्त्यमा फर्कने जहाज ल्यान्ड गर्ने ठाँउ पनि नपाएर कसैको घरमाथी मानिसलाई उभ्भिन पठाएर रसीवाट हेलिकप्टरमा चढाएर फिर्ता भएका थिए । दृढ आत्म विश्वासका साथ अन्यायका विरूद्ध लड्ने संकल्प गर्यो भने फु को धम्की दिने आँफै चित पर्न सक्छन । सानो देश होस वा व्यक्ति र समाज वास्तवमा जो न्याय प्रिय र इमान्दार छ र जो संग नैतिक वल छ त्यस्ताले कहिल्यै फु गरेर ढलाउने फुर्ति गर्दैन, जो षडयन्त्र ,जालझेल र ह्याकुले प्रवृतिको छ उसैले यस्तो गर्ने हो । भित्रबाट कम्जोर मान्छेले नै आँफु वरिपरि पर्न नदिन फु गर्छ किन भने उसको मनको कमजोरी थाहा पायो भने टेर्दैनन ।
कतै सुनेको थिएँ हिटलर नपुंसक थिए, सानै देखि उनले आँफ्नो नपुसंकताको वारेमा थाहा नपाउन अनेक उपद्रवी गरेर ध्यान अन्यत्र मोड्थे, हुदै जादा जर्मनको शासक मात्र होइन विश्वयुद्धको घटना गराएर लाखौं मानिसहरू अकालमा मर्नु पर्यो, कारण हो नपुंसकताको आरोपबाट बच्न अरूमाथि गरिएको फु । अहिलेको काठमान्डौंका मेयर वालेन साहको कामको सर्वत्र प्रशंसा चलिरहेको छ नी उनैलाई भक्तपुर तिरका कोही वस्नेत थरकाले भनदिए नि, फु गरेर ढलाई दिन्छु । तिनको केही चलेन यसर्थ अलि एकछिन टिकेर प्रतिवाद गर्न सक्ने हिम्मत गर्न हो भने त्यस्ता फुँ वालाको भित्रबाट मुटु हल्लिई सकेको हुन्छ र आँफै नखगलित भएर हार स्वीकार गर्नेछन ।
फु गर्नेहरू अन्ततः भयँकर वेदना र छटपटिका पल गुजार्दै र धिक्कार मान्दै मृत्यु वरण गरेका घटना र कथाहरू छन । एक्लै किन नहोस स्यानो किन नहोस न्यायका लागि हिम्मत गर्नु होस, धेरैको समर्थन त पाउनु नै हुनेछ , फु गर्ने वालाहरू पनि एकदिन करवद्ध हुदै तपाईका समक्ष हाजिर हुन आउनेछन् ।लेखक अर्याल वालिङ ६ निवासी हुनुहन्छ ।
ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















