वालिङ नगरपालिकाले उद्यमी अनुकुल वातावरण बनाउछ ः नगरप्रमुख खाँण
वालिङ,२२ भदौ– वालिङ नगरपालिकाले उद्यमी अनुकुल वातावरण बनाउने नगरप्रमुख कृष्ण खाँणले बताउनुभएको छ ।
उद्यमशीलता ब्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको विविध गतिविधिका बारेमा आज भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले सो कुरा बताउनुभएको हो । उद्यमी अनुकुल वातावरण बनाउनका लागि नगरपालिकाले बिभिन्न काम शुरु गरेको र केही समय पछि नतिजा आउने गरि आफुहरु लागि परेको नगरप्रमुख खाँणको भनाइ थियो । पोखरा महानगरपालिका,वालिङ नगरपालिका र युएनडिपी बीच अन्तरक्रिया तथा छलफल गरिएको हो ।

कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले दीगो विकासको स्थानीयकरणका लागि सबैले सहकार्य गर्नु पर्ने बताउनु भयो । उद्यमशीलता,ब्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको प्रभावकारिता बढ्दै गएको बताउदै बेरोजगार तथा विदेशबाट फर्किएकाहरुलाई ईबिक महत्वपूर्ण सारथी बन्न सक्ने अर्यालको भनाइ थियो ।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, पोखरा महागरपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरिया,उद्योग तथा सहकारी महाशाखाका प्रमुख भरतराज पौडेल,वडा अध्यक्षहरु लगायतको सहभागिता रहको थियो ।
पोखरा महानगरपालिकामा सञ्चालनमा ल्याइएको ईबिक र वालिङ नगरपालिकामा सञ्चालनमा रहेको ईबिक बीच सहकार्य, समन्वय तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले छलफल तथा अन्तरक्रिया गरिएको हो ।
ताजा
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार





















