वालिङ नगरपालिकाले उद्यमी अनुकुल वातावरण बनाउछ ः नगरप्रमुख खाँण


वालिङ,२२ भदौ– वालिङ नगरपालिकाले उद्यमी अनुकुल वातावरण बनाउने नगरप्रमुख कृष्ण खाँणले बताउनुभएको छ ।

उद्यमशीलता ब्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको विविध गतिविधिका बारेमा आज भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख खाँणले सो कुरा बताउनुभएको हो । उद्यमी अनुकुल वातावरण बनाउनका लागि नगरपालिकाले बिभिन्न काम शुरु गरेको र केही समय पछि नतिजा आउने गरि आफुहरु लागि परेको नगरप्रमुख खाँणको भनाइ थियो । पोखरा महानगरपालिका,वालिङ नगरपालिका र युएनडिपी बीच अन्तरक्रिया तथा छलफल गरिएको हो ।

कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले दीगो विकासको स्थानीयकरणका लागि सबैले सहकार्य गर्नु पर्ने बताउनु भयो । उद्यमशीलता,ब्यवशाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्र ईबिकको प्रभावकारिता बढ्दै गएको बताउदै बेरोजगार तथा विदेशबाट फर्किएकाहरुलाई ईबिक महत्वपूर्ण सारथी बन्न सक्ने अर्यालको भनाइ थियो ।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, पोखरा महागरपालिकाका आर्थिक महाशाखा प्रमुख मनोहर कडरिया,उद्योग तथा सहकारी महाशाखाका प्रमुख भरतराज पौडेल,वडा अध्यक्षहरु लगायतको सहभागिता रहको थियो ।
पोखरा महानगरपालिकामा सञ्चालनमा ल्याइएको ईबिक र वालिङ नगरपालिकामा सञ्चालनमा रहेको ईबिक बीच सहकार्य, समन्वय तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले छलफल तथा अन्तरक्रिया गरिएको हो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal