चापाकोट नगरपालिकाको डम्पिङ साइड बन्दै कालीगण्डकी नदी
सुनिल न्यौपाने
चापाको,२३ भदौ– सरोकारवाला निकायले चासो नदिँदा कालीगण्डकी नदी दिनप्रतिदिन प्रदुषित हुँदै गएको छ । स्याङ्जाको चापाकोट नगरपालिका ९ बत्राघाट लगायत नदी किनार यतिबेला फोहोर विसर्जनको रुपमा प्रयोग हुदै आएकाछन् ।
चापाकोट नगरपालिकाकाले सुन्तलीटार बजारको फोहोरलाई नदी किनारमा लगेर फ्याकेपछि कालीगण्डकी नदी प्रदुषित हुदै गएको हो ।
चापाकोट ९ कि स्थानीय आकृती डोटेलले कालीगण्डकी नदीलाई प्रदुषित हुनबाट बचाउन मुख्य गरी चापाकोट नगरपालिकाले नदीलाई डम्पिङ साइड बनाउन नहुने बताउनुभयो । ‘विश्व सम्पदा सुचिमा सुचिकृत गर्न खोजेको यस कालिगण्डकी नदी,अनि डाइभर्सन रोक्नपर्छ भनेर चर्को आवाज उठाउने हामी स्वयं फोहोर नदीको किनारमा फाल्न सुरु गरियो भने यसले राम्रो सन्देश प्रवाह गर्दैन । डोटेलले भन्नुभयो, “कालीगण्डकी नदी प्रदुषित हुँदा नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेलाई समेत असर गर्छ ।” त्यसैले वातावरण र नदीलाई असर नगर्ने गरि फोहोरलाई उचित ठाँउमा दिगो व्यवस्थापन गर्न नगरपालिका सहित यस क्षेत्रका सबैको ध्यान आवश्यक छ ।
चापाकोट नगरपालिकाले समेत बजार क्षेत्रको सम्पूर्ण फोहोर नदी क्षेत्रमा नै फाल्ने गरेको र बजारका अन्य स्थानीयवासीले विभिन्न वस्तु, मरेका घरपालुवा जनावर पनि नदी किनारमा फाल्ने कार्य निरन्तर भएको हुँदा नदी क्षेत्रमा प्रदुषणा बढ्दै गएको स्थानीय भाईराम विश्वकर्माले बताउनुभयो । नगरपालिकाकाले डम्पिङ साइड पनि नदी किनारमै, घाट पनि त्यही अनि कसरी कालीगण्डकी नदी प्रदुषित हुनबाट जोगिन्छ त ? विश्कर्माको प्रश्न थियो । चापाकोट नगरपालिकाले आधुनिक घाटको व्यवस्था मिलाउनुका साथै बत्राघाटमा फालिदै आएको फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने भाईरामको भनाइ थियो ।
कालीगण्डकी नदीको पानी पवित्र मानेर नुहाउने तथा नदीको पानी स्थानीय हिन्दू मठमन्दिरमा चढाउने कार्य हुँदै आएपनि नदी क्षेत्र फोहोर तथा प्रदुषित बन्दा अहिले कालीगण्डकीको पानी प्रयोग गर्न समेत कम हुँदै गएको छ । कालीगण्डकी नदी किनारलाई सफा र सुन्दर बनाउन नदी किनारमा फोहोर फाल्न रोक लगाउनु पर्ने र नदीको बारेमा सचेतना जगाउनु पर्ने स्थानीय नवीन भट्टराईले बताउनुभयो ।
चापाकोट ९ का वडाअध्यक्ष कृष्ण सुबेदिले नदीलाई हराभरा र सफा बनाउन पर्ने बताउदै नदी क्षेत्रमा फोहोर फाल्ने कार्य नियन्त्रण गर्न र प्रदुषण रोक्न चापाकोट नगरपालिका, स्थानीय प्रशासन र नगरबासीको मुख्य दायित्व भएकोले यसतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।
कालीगण्डकी नदी तटीय क्षेत्रको तल्लो भेगमा खानेपानीको समेत मुख्य स्रोतको रुपमा कालीगण्डकी नदीलाई लिने गरिन्छ । माथिल्लो क्षेत्रमा नदी प्रदुषित बन्दै गएकोमा तल्लो क्षेत्रका सर्वसाधारण समेत चिन्तित बनेका छन् ।
ताजा
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार





















