आत्मबलले बचाउँछ जीवन

चाँदनी हमाल

काठमाडौँ,३० भदौ– ‘मनको कुरालाई बाँधी नराख, गाँठो परिजाला झट्टै सुनाइदेउ’ यो एउटा पुरानो नेपाली गीतको शब्दमात्र हैन अहिलेको कोभिड समस्यासँग जुध्ने महत्त्वपूर्ण अस्त्र रहेको मनोविद् र मनोचिकित्सक औँल्याउनुहुन्छ । प्रदेश २ की २२ वर्षीया एक किशोरीको प्रयासले पनि जीवन समाप्त पार्नेभन्दा सङ्घर्ष गरेर जिउने हो भन्ने तथ्य प्रमाणित गरेको छ । बिहे गरेको केही समयमै उहाँलाई श्रीमान्ले घरेलुहिंसा र तनाव दिन थाले । भर्खर बिहे गरेको अवस्था, नयाँ घर, समाजका कारण कसैलाई आफ्नो पीडा भन्न सक्नुभएन । अति भएपछि जीवन केही रहेनछ भनेर आत्महत्याको प्रयास गर्नुभयो । यद्यपि प्रयास असफल भयो । छरछिमेकबाट माइतीघरमा कुरा पुगेपछि उहाँ फर्कनुभयो । तनाव दिने श्रीमान्सँग सम्बन्ध विच्छेद गर्नुभयो । मनो–परामर्शदाताको सम्पर्कमा आएपछि आफूजस्तै पीडामा परेकाको सारथी बन्ने अठोट लिनुभयो ।

कोरोना भाइरसको सङ्कटसँगै पारिवारिक, सामाजिक तथा आर्थिक समस्यालगायतका सङ्कट पनि पछिल्लो समय मौलाउँदो छ । मानिस आफू बाँच्ने, अरूलाई बचाउने सङ्घर्ष चलिरहेका बखत आफ्नै मनमस्तिष्कसँगको अर्को सङ्घर्षमा सपनाजस्तै गुज्रिरहेका छन् । मनोविद डा. नरेन्द्रसिंह ठगुन्नाले धेरैले आफ्नो जीवन समाप्त पार्नेसम्मको अपराधतर्फ उन्मुख हुन पुगेको बताउँदै भन्नुभयो, “अब यो मनको कुरा त्यो मनले सुन्ने वातावरण बनाउनै पर्छ । अन्यथा मानिसमा एक तमासको सोचले आत्महत्या गर्नेतर्फ धकेल्दै लग्छ ।” उहाँले कोभिड–१९ महामारीको यो समयमा विभिन्न खालका नयाँ चुनौतीको सामना अकस्मात गर्नुपर्दा साना–ठूला सबै उमेर समूहका मानिसमा मानसिक समस्या बढ्दै जाँदा आत्महत्याको सोच विकास हुने गरेको बताउनुभयो । कोभिडको समयमा एक सय बालबालिकाले आत्महत्या गर्नु त्यसको दरिलो उदाहरण भएको ठगुन्नाले बताउनुभयो ।

कोभिडले महिलामा घरधन्दा र कामको बोझसँगै घरघरमा महिला हिंसाका घटना वृद्धि गरेको नेपालका विभिन्न सरकारी निकायकै तथ्यले पुष्टि गरेको छ । ज्येष्ठ नागरिक पनि घरमै रहनुपर्दा चौतारो, सत्तल र मन्दिरका भलाकुसारी कम भएको छ ।
मनोचिकित्सक डा. प्रदीप मानन्धरका अनुसार आत्महत्या गर्नबाट जोगिन र जोगाउन जीवनमा आइपरेका समस्यासँग नडराई सामना गर्ने र अरूबाट सिक्ने सिकाउने गर्नुपर्छ । उहाँले भन्नुभयो, “आत्महत्याको प्रमुख कारकतìव मानसिक समस्या हो तर यो अवस्थासम्म पु-याउन मदिरा, लागू औषध सेवन, घरेलु हिंसा, बेरोजगारी, अपहेलना, धोका, सामाजिक कलहलगायतले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।”स्रोतः गोरखापत्र

ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम

२०८२ जेष्ठ ३० गते, शुक्रबार

वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला

२०८२ जेष्ठ २९ गते, बिहीबार

नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन

२०८२ जेष्ठ २९ गते, बिहीबार

‘एयर इन्डिया’को विमान दुर्घटना

२०८२ जेष्ठ २९ गते, बिहीबार

आजको मौसमः केही स्थानमा भारी वर्षा हुने

२०८२ जेष्ठ २९ गते, बिहीबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

२०८२ जेष्ठ २९ गते, बिहीबार

चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

२०८२ जेष्ठ २९ गते, बिहीबार

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

२०८२ जेष्ठ २८ गते, बुधबार

मुलुक पुरानो व्यवस्थामा नफर्कने

२०८२ जेष्ठ २८ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal