बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुलको नाम राखियो, ‘गण्डकी गोल्डेन ब्रिज’

बागलुङ,२३ भदौ– बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएकोे झोलुङ्गे पुलको नामाकरण गरिएको छ । सो पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको हो ।
बागलुङ नगरपालिकाले छ महिना अघि विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलको नामाकरण गर्न सार्वजनिक ररुपमा आवहान गरिएको थियो ।
नगरपालिकाको आवहान अनुसार प्राप्त भएका नामहरु मध्ये बागलुङ नगरपालिका ५ मालिका निवासी घनश्याम सापकोटाले तयार गरेको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गर्ने निर्णय भएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । मङ्गलवार सम्पन्न कार्यपालिका बैठकले उक्त नाम राख्ने निर्णय गरेको हो ।
पहिलो चरणमा नगरपालिकाले उत्कृष्ट दश नाम छनौट गरेको थियो । पुलको नाम तयार गर्ने व्यक्तिलाई नगरपालिकाले २५ हजार रुपियाँ उपलब्ध गराउने समेत घोषण गरेको थियो ।
बागलुङ नगरपालिका १ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका १ अदुवाबारी जोड्ने कालिगण्डकी नदी माथी हालै निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ । पुलले एकसाथ ६ सय १२ अर्थात ८५ मेट्रिक टन लोड धान्न सक्छ । पुलको नामाकरण संगै सो क्षेत्रमा आन्तरिक एवं वाहिय पर्यटकको आकर्षण बढ्ने समेत चर्चा सुरु हुन लागेको छ ।
ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार