गल्याङ बजारमा एन्टिजिन परीक्षण, परीक्षणको माग गर्नेले नै देखाएनन् रुचि
गल्याङ,१७ जेठ– गल्याङ बजारमा कोरोना भाइरस (कोभिड १९) को परीक्षण गरिएको छ । बजार क्षेत्रमा संक्रमण फैलीन सक्ने आकलन गर्दै नगरपालिकाले आज गल्याङको बजार क्षेत्रमा संक्रमणको अवस्था पत्ता लगाउन एन्टिजिन परीक्षण गरेको हो । बजार क्षेत्रमा बसोबास गर्दै आएका ३७ जनामा गरिएको परीक्षणमा १ जनामा संक्रमण पोजेटिभ आएको छ भने अन्य ३६ जनामा संक्रमण नदेखिएको नगरालिकाले जनाएको छ ।
नगरपालिका स्वास्थ्य शाखा संयोजक गुनेन्द्र राना, गल्याङ नगर अस्पतालका चिकित्सक निरञ्जन चौधरी सहितको टोलीले एण्टिजिन परीक्षण गरेको हो । वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले बजार क्षेत्रमा घर घर पुगेर नगरबासिहरुलाई निशुल्क परीक्षण गर्ने कार्यक्रममा सहभागी हुन आग्रह गरिएको बताउनुभयोे । वडाध्यक्ष भट्टराईले निशुल्क परीक्षण गराउदा समेत बजार क्षेत्रका केहीले मानिसले परीक्षण गर्न नचाहेको समेत बताउनुभयो ।
नगरपालिकाम कोरोनाको संक्रमितको संख्यामा केही कमि आएको स्वास्थ्य शाखा संयोजक गुनेन्द्र रानाले जानकारी दिनुभयो । संक्रमणको दरमा केही कमि भए पनि सावधानी अपनाउन र स्वास्थ्य मापदण्डको पालना गर्न भने छाड्न नहुने उहाँले बताउनुभयो । कोरोनाको नयाँ नयाँ भेरियन्ट आउने क्रम चलिरहेको र सुस्त गतिमा भए पनि संक्रमण फैलने क्रम रहेकाले अझै पनि उच्च सावधानी अपनाउनुपर्ने राना बताउनुहुन्छ । आवश्यकताको आधारमा अन्य ठाउँहरुमा पनि पुगेर परीक्षण गरिने जनाउदै नगरपालिकाले महामारी नियन्त्रणका लागि स्वास्थ्य परीक्षण गर्नु पर्ने बताउदै लक्ष्यण देखिएका र संकालागेका नगरवासिहरुले नगरपालिकाले तोकेका ठाउँहरुमा निशुल्क परीक्षण गराई सहयोग गर्न समेत सबैमा आह्वान गरेको छ ।
नगरपालिकाले निशुल्क परीक्षणको व्यवस्था मिलाएपनि लक्ष्यण देखिएकाले समेत परीक्षण गर्न भने रुची नदेखाएको पाइएको छ ।
नगरपालिकाले पोजेटिभ देखिएकाहरुलाई औषधी उपचारको व्यवस्था र गम्भिर विरामीका लागि अस्पताल ल्याउने व्यवस्था पनि मिलाएको जनाएको छ । नगरपालिका संग सबै ठाउँमा परीक्षण गर्न माग गर्ने तर आफुले परीक्षण गर्न नचाहाने प्रवृत्ति देखिएको छ ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार






















