दुःखेको घाउमा स्थानीय सरकारको मलम

दर्वेन्द्र देव खनाल
गल्याङ,१७ जेठ– स्याङजा जिल्लाको दक्षिण भेगमा रहेको रमणीय ठाउँ जिमूूहाँ फाँट हिजोआज कृषिजन्य वस्तुको व्यावसायीक उत्पादन र व्यावसायीक कृषकहरुको सक्रियताले हराबरा भए संगै जिल्लामै चर्चित बन्न पुगेको छ । गल्याङ नगरपालिका ११ जिमूहाँका किसान व्यावसायीक रुपमा मौसमी एवं बेमौसमी तरकारी खेती गरेर आत्मनिर्भर बन्दै मनग्य आम्दानी गर्न सफ भएकाछन् । यहाँका किसानहरु आलुुखेती, कुुखुुरापालन, गाईभैंसीपालन लगायतका नगदे कृषिबाली र कृषिजन्य उत्पादनमा सक्रिय हुुदै आएका छन् ।
किसानहरुले तरकारी खेतीका साथै धान, मकै र गहुुँको बिउको उत्पादनका लागि समेत पकेट क्षेत्र घोषणा गराएर उत्पादनमा लागेको पाईन्छ । यसै मध्ये व्यावसायीक एवं बेमौसमी तरकारी खेतीका लागि यस क्षेत्रमा चर्चित नाम हो चन्द्रकान्त डुुम्रे । उहाँले वर्षेनी यस समयमा हजारौ किलो लौका, करेला र काक्रा लगायतका तरकारीहरुको विक्रि वितरण गरेर लाखौ रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ ।
गत वर्ष यसै समयमा भएको निषेधाज्ञा(लकडाउन) को कारण बजारको अभावमा लाखौ रुपैयाँ नोक्सानी बेहोर्नुभएका डुम्रेले यो वर्ष समेत तरकारी उत्पादन गरेर बजार लैजाने बेलामा भएको लकडाउनका कारण थप मर्कामा पर्नुभएको छ । सरकारले कृषिजन्य उत्पादन, खाद्यान्न लगायतका वस्तुको विक्री वितरण र ओसार पसारमा निश्चित समय तोकेर विक्रिवितरण गर्न पाउने बताएपछि आफनो खेतबारीमा उत्पादित तरकारी गल्याङको बजार क्षेत्रका व्यावसायीहरुलाई विक्रिवितरण गर्दै आउनुभएका डुम्रेको परिवारमा कोरोना संक्रमणको दोस्रो भेरिएन्टका कारण परिवार संक्रमित भएर उपचारको क्रममा श्रीमतीको अस्पतालमा मृत्यु भएसंगै डुम्रेको परिवार समस्यामा परेको छ । त्यस क्षेत्रमा डुम्रेकी श्रीमतीको मृत्यु संगै गाउँमा समेत संक्रमण फैलिएकोले कृषकहरु थप मर्कामा परेकाछन् ।
दुःख गरी लगाएको तरकारी खेती बजार लगेर विक्रिवितरण गर्नुपर्ने बेलामा श्रीमतीको निधन संगै काजक्रियामा रहेको डुम्रे परिवार यतिबेला निकै समस्यमा परेको हो । उत्पादित वस्तु बजारमा लगेर विक्रिवितरण गर्नुपर्ने बेलामा परिवार काजक्रियामा रहेको अवस्थामा उत्पादित हजारौ किलो तरकारी खेतबारीमै सड्ने अवस्था आएपछि गल्याङ नगरपालिकाले डुम्रेले उत्पादन गरेको तरकारी खेतमै गएर टिपेर विक्रिवितरणको व्यवस्था मिलाएको छ । परिवारमा मृत्युको पिंडा भोगिरहेको डुम्रे परिवारको लागि गल्याङ नगरपालिकाले खेतबारीमै कुहिएर जाने अवस्थामा रहेको हजारौ किलो तरकारी बजारमा लगेर विक्रिवितरण गर्ने व्यवस्था मिलाएपछि नगरपालिकाको यो कार्य डुम्रे परिवारको लागि दुःखेको घाउमा मलम बन्न पुगेको छ ।
आइतबार नगरपालिकाको सवारीसाधन सहितको टोलीले डुम्रेको खेतमा उत्पाद भएका गोलभेडा, घिरौला, सिमी, करेला, लौका लगायतका तरकारी गरी करिब ४ सय किलो तरकारी बजारमा विक्रिवितरण गरेको छ ।
डुम्रेको परिवारमा श्रीमतीको निधन संगै आएको समस्या समाधानका लागि यस क्षेत्रका अगुुवा समाजसेवी अर्जुुन भुुजेलको पहलमा गल्याङ नगरपालिकाले समस्या समाधानको लागि तत्कालै खेतमा पुगेर उत्पादित तरकारीको विक्रिवितरण गर्ने व्यवस्था मिलाएको हो ।
किसानले उत्पादन गरेको तरकारी बारीमै कुहिएर जाने अवस्था आएपछि तुुलसी भञ्ज्याङ सानाकिसान कृषि सहकारीका अध्यक्ष दलबहादुर सिंजालीले गल्याङ नगरपालिका संग समन्वय गरेर नगरपालिकाको जीप प्रयोग गरी उत्पादित तरकारीलाई बजारमा लगेर विक्रि गरिएको बताउनुभयो ।
गल्याङ नगरपालिकाले किसानलाई परेको यो दुःखको समयमा गरेको सहयोगले व्यावसायीक रुपमा तरकारी खेती गर्दै आउनुभएका किसान चन्द्रकान्त डुुम्रेलाई राहत मिलेको छ, भने दुुःखको बेला स्थानीय सरकारले देखाएको सक्रियता निकै प्रशंसनीय रहेको स्थानीय कृषि उद्यमी रुमलाल कडेलले बताउनुुभयो ।
गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले नगरपालिका किसानको साथमा रहेकोले किसानले उत्पादन गरेका वस्तु खेर जान नदिने बताउदै नगरपालिका नरवासीका हरेक दुःख सुमा संगै रहेकोले जुनसुकै अवस्थामा पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । लामो समयदेखि तरकारी खेती गर्दै आउनुभएका कृषक डुम्रेले करिव १० रोपनी जमीनमा तरकारी खेती गररे वार्षिक करिव ४ लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताउनुभयो । दुःखमा परेको बला नगरपालिका लगायत स्थानीय बासिन्दाले गरेको सहयोगले आफुमा कामको लागि थप आत्मबल बढेको समेत बताउनुभयो ।
आशा गरौ आगामी दिनमा यसरी कृषकले उत्पादन गरेका बस्तुुहरुको बजारीकरण, व्यवस्थापनमा सबै क्षेत्रको उतिकै ध्यान जानेछ ।
ताजा

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट तालिम
२०८२ असार ३ गते, मंगलवार
गण्डकी प्रदेशकाे बजेट ३१ अरब ९७ कराेड
२०८२ असार ३ गते, मंगलवार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार