स्याङ्जाको बजेट ४ अर्ब ३४ करोड ७६ लाख
वालिङ,१६ जेठ– नेपाल सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि स्याङ्जालाई ४ अर्व ३४ करोड ७६ लाख बजेट विनियोजन गरेको छ ।
सरकारले शनिबार सार्वजनिक गरेको बजेट अनुसार जिल्लाका ११ पालिकालाई ४ अर्व ३४ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको हो ।
जिल्लामा रहेका ५ नगरपालिकालाई २ अर्ब ५१ करोड २१ लाख र ६ ओटा गाउँपालिकाको लागि १ अर्ब ८३ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले घोषणा गर्नुभएको हो ।
नगरपालिका तर्फ सबै भन्दा बढी रकम पुतली बजारलार्ई ५८ करोड ६४ लाख छ भने सबै भन्दा कम भीरकोट नगरपालिकालाई ३८ करोड ५१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
भने वालिङ नगरपालिकालाई ५७ करोड ६७ लाख, गल्याङलाई ५३ करोड ७९ लाख, चापाकोटलाई ४२ करोड ६० लाख र विनियोजन गरिएको छ ।
गाउँपालिकामा सबै भन्दा बढी कालीगण्डकीलाई ३५ करोड ६५ लाख र सबै भन्दा कम फेदीखोलालाई २४ करोड ३७ लाख रुपैयाँ छ ।
यसै गरी अर्जुनचौपारीलाई २७ करोड ६४ लाख, आँधीखोलालाई ३३ करोड ७८ लाख, विरुवालाई ३१ करोड ५ लाख र हरिनास गाउँपालिकालाई ३१ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
विनियोजित रकम मध्ये समानीकरण अनुदान तर्फ १ अर्व १९ करोड ३० लाख रहेको छ भने सशर्त अनुदान तर्फ २ अर्व ८७ करोड ५८ लाख, समपूरक अनुदान १३ करोड ७१ लाख र विशेष अनुदान १४ करोड १७ रहेको अर्थमन्त्रालय वेबसाइटमा उल्लेख छ ।
विनियोजित रकम गत वर्षको भन्दा भन्दा ४० करोड ५४ लाख बढी रहेको छ । गत वर्ष समग्र जिल्लाको बजेट ३ अर्व ९४ करोड २२ लाख रहेको थियो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार






















