सलाम छ, गाँस कटाएर बन्द मुटु चलाउनेहरुलाई !
विश्व पौडेल
आमाका गहना र बाबुका सपना
अडाना राखेर,
दलाल र मेनपावरबाट ठगिदै,
श्रम र एयरपोर्टमा लुटिदै
अमिलो मन र नुनिला आँसुलाई
परेलिको डिलभित्र लुकाउदै
केहिथान खुसी खोज्न
खाडी छिरेका मेरा भाइहरू
तिमीहरू प्रतेक संकटका
संजिबनी बनेर आएका छौ,
देश दुख्दा आफ्ना आँसु
पुछेर मलम लाएका छौ
खाडीको तातो बालुवालाई
आफ्नो रगत र पसिनाले पगालेर
निकालेको केहिथान दिराम र रियलले अडानामा राखेको आमाको बुलाकि निखन्ने सपना त्यागेर,
लक्ष्मणलाई बचाउन हनुमानले
संजिबनी बुटि ल्याए जस्तै
कोभिडको प्रहारबाट मुर्छित देशलाई
होसमाल्याउन तिमीले संजिबनी
बुटि पठाएका छौ !
तिम्रो आफ्नो ओठमा कलेठि परे पनि
बिरामिको ओठमा मुस्कान छरेका छौ,
तिमीले आफ्नो मातृभूमी र आफन्तजनप्रति गरेको यो निस्वार्थ माया,
तिमीले दर्शाएको आत्मियता र त्यागलाई सलाम छ !
हामीले संसार हेर्यौ,,,
तिमी भन्दा सहृदयि कोही छैन,
युरोप अमेरिका र अष्ट्रेलिया छिर्नेहरूको ,
कमाई धेरै र बंगला ठूलो भए पनि,
तिम्रो मन ठूलो छ,
तिनको घर र बंगला बिशाल भए जस्तै,
तिम्रो छात्ति विशाल छ !
तिम्रो देशप्रतिको मायाको आभास
हामीले गरेका छौ,
त्यसैले सलाम छ रगत र पसिना सग दिराम र रियल साटिरहेका मेरा भाइहरूलाई !!
हेर त मेरो भाइ
तिमीले गाँस कटाएर पठाएको सासले यता बन्द मुटु चलेको छ,
उसको झुपडिमा आसाको दियो जलेको छ,
तिमीप्रति सम्मान र आसाको फल फलेको छ,
तिमीले गाँस कटाएर पठाएको सासले हेर त मेरो भाइ यता बन्द मुटु चलेको छ !
सलाम छ तिमीलाई !!
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार























