स्वास्थ्य सामग्री लिएर गल्याङ नगरप्रमुख सहितको टोली गाउँगाउँमा

गल्याङ,२ वैशाख– गल्याङ नगरपालिकाले औषधी सहितको स्वास्थ्य सामाग्री गाउँगाउँमा वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारी तिब्र गतिमा फैलिरहेको बेला नगरपालिकाले स्वास्थ्य सामाग्री सहित औषधी वितरणलाई तिब्रता दिएको हो ।

नगरपालिकाले नगर भित्र रहेका स्वास्थ्य केन्द्रहरुमा आवश्यक औषधीको कमी हुन नदिन औषधी पठाइएको गल्याङ नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा दामोदर शर्माले औषधीको कमी हुन नदिन नगरपालिकाका सबै ठाउँमा औषधी वितरण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको विषम परिस्थितिमा नगरवासीलाई बचाउनु पहिलो प्राथमिकता बनेको छ । यसका लागि हामी अहिले ग्रामिण क्षेत्रका नागरिकका लागि पनि उत्तिकै ध्यान दिइरहेका छौं ।’

नगरपालिकाको ग्रामिण क्षेत्रमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण तिब्र गतिमा फैलिएपछि अहिले स्वास्थ्य सामाग्री सहित औषधीहरु पनि वितरण गरिरहेको छ । नगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुमा आधारभूत औषधीको व्यवस्थापन भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गुनेन्द्र रानाले जानकारी दिनुभयो ।

नगरपालिका प्रमुख भुपराज अधिकारी र स्वास्थ्य शाखाका सिनियर अहेब विपिन कोइराला वडा नम्बर ९ को मनहरीमा पुगेर स्थानीयलाई स्वास्थ्य सामाग्री एवं औषधी वितरण गरिएको छ । नगरप्रमुख अधिकारीले धैर्य रहन नगरवासीलाई आह्वान गर्नुभएको छ । उहाँले केही ठाउँहरुमा स्थानीयबासी बढि हतोत्साहित बनेको देखिएको भन्दै उहाँले आत्मबल बलियो बनाएर कोरोना विरुद्वको लडाई जित्न सकिने बताउनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘कोरोना लागिहाले पनि धेरैलाई निको भएको अवस्था छ । त्यसैले जटिल अवस्था नआउँदै उपचारमा लाग्नुपर्छ ।’ नगरप्रमुख अधिकारीले गल्याङ नगर अस्पतालमा अक्सिजन सहितको सबै व्यवस्था भएको भन्दै नआत्तिन तर सतर्क रहन आह्वान गर्नुभयो ।

सबै नगरवासीको स्वास्थ्य सुरक्षाका लागि नगरपालिका सधैं प्रतिबद्व रहेको भन्दै उहाँले कुनै पनि समस्या भएमा स्वास्थ्य कार्यालय वा नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्नुभयो । गल्याङ नगरपालिकामा हालसम्म ७८ जना संक्रमित भएकोमा १२ जनाको मृत्यु भएको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal