कोरोना विरुद्धको अभियानमा एकजुट हुन नेपाली कांग्रेस स्याङजाको आग्रह


वालिङक,२८ वैशाख– नेपाली कांग्रेस स्याङ्जाले कोरोना भाइरस विरुद्धको अभियानमा एकजुट हुन आग्रह गरेको छ । विश्वलाई आक्रान्त र त्रसित पार्दै मानव सभ्यतालाई चुनौती दिदै फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टका बिरुद्ध जिल्लाका ११ वटै पालिकाका सरोकारवालाबीच छलफल र सहकार्य गर्दे कोरोना नियन्त्रणमा जुट्न कांग्रेसले अनुरोध हो ।

कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले कोरोनाको प्रभावले पिरोलिएका अवस्थामा यस विरुद्ध साझा पहलकदमी लिदै जिल्लालाई सुरक्षित राख्न विज्ञप्ति मार्फत सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।रानाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्लामा द्रुत गतिमा फैलिएको कोभिडको संक्रमण रोकन सबैलार्इा आग्रह गरिएको छ ।

विज्ञप्तिमा विरामीहरुको अवस्था अत्यन्त हृदयविदारक बन्दै गएको परिस्थितिलाई हृदयङ्गम गर्दै नेपाल सरकार ( संघीय, प्रदेश र स्थानीय तह ) लाई आवश्यक परेको खण्डमा पुतलीबजार नगरपालिका १ अभियानपथ स्थित नेपाली काँग्रेस जिल्ला कार्यालय एवं वीपी. जीपी. भवन अस्थायी रुपमा कोभिड अस्पताल (आइसोलेशन) सञ्चालन गर्नका लागि अनुमति दिइएको उल्लेख छ । साथै, जिल्ला अस्पतालमा भेन्टीलेटर सहितका शैयाहरुका ब्यवस्थागरी र ११ वटै पालिकामा अक्सिजन सहितको आइसोलेशन वार्ड स्थापना गरेमा माहामारी नियन्त्रण गर्न सकिने र महामारीका बेला हतोत्साही नभई समझदारी, इमानदारी र जिम्मेवारीका साथ सत्कर्ममा जुटनु पर्ने आवश्यकता औल्याइएको छ । कोभिडका कारण उपचाररत सम्पूर्ण विमारीका स्वास्थ्य लाभका कामना गर्दै मृतकप्रति विज्ञप्ति मार्फत श्रद्धान्जली दिइएको छ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal