स्याङ्जामा ३ संक्रमितको मृत्यु ९४ जना संक्रमित थपिए
वालिङक,२६ वैशाख– स्याङ्जाका थप ३ कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय कोरोनाको दोस्रो भेरियन्ट तिव्र गतिमा फैलिएको छ । जसका कारण संक्रमितको संख्यामा समेत बृद्धि भएको छ भने दैनिक यहाँका संक्रमितहरुको मृत्यु हुने गरेको छ ।
जिल्लाका दुई महिला र एक पुरुष गरी थप ३ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद सुवेदीले बताउनुभयो ।
वालिङका दुई महिला र भीरकोटका एक पुरुष गरी ३ जनाको मृत्यु भएको सुवेदीले बताउनुभयो । वालिङकी ६६ वर्षीय महिलाको पोखराको चरक हस्पिटलमा मृत्यु भएको हो भने भीरकोट १ का ६८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो त्यस्तै वालिङ १३ की ७७ वर्षीय महिलाको होटल आईशोलेसनमा मृत्यु भएको हो । मंगलबार मृत्यु भएकी वालिङकी एक महिलाको भने आँधीखोला किनारमा नेपाली सेनाले सव व्यवस्थापन गरेका छन् ।
यसैबीच मंगलबार स्याङ्जामा ९४ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार थपिएका सहित जिल्लामा सक्रिय संक्रमितको संख्या ५९१ पुगेको स्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयो । पिसिआर परिक्षणबाट ७८ जना संक्रमित पुष्टी भएका हुन भने १८ जना एन्टिजिन परिक्षणबाट पुष्टी भएका हुन् । संक्रमित मध्ये ५१८ जना होम आईशोलेसनमा छन् भने ३१ जना संक्रमित क्वारेन्टीन, ४२ जना विभिन्न स्वास्थ्य संस्थामा सामान्य उपचाररत छन् ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार























