शरीरमा अक्सिजनको कमी हुन नदिन फोक्सोलाई यसरी स्वस्थ राखौँ
काठमाण्डु – कोभिड–१९ ले संक्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । हाम्रो शरीरमा छातीभित्र दुईवटा फोक्सो हुन्छन् जसको काम हावा शरीरभित्र तान्ने, अक्सिजन भित्र लिने र अरू हावा बाहिर फाल्ने हो ।
जीवनको लागि नभई नहुने अक्सिजन शरीरभित्र पुर्याउने फोक्सो पनि नभई नहुने अंग हो । हाम्रो शरिरमा अक्सिजन पुर्याउने फोक्सोलाई स्वास्थ्य राख्न निकै जरुरी छ । जनस्वास्थ्य अधिकृत रमेश कुवँरले फोक्सोलाई स्वस्थ राख्ने १० वटा टिप्स दिएका छन् ।
१) सकेसम्म स्वच्छ हावा लिनेः
घर/अफिसमा बस्दा झ्याल, ढोका, भेन्टिलेटर खुल्ला राख्नु । स्वच्छ हावाको आवातजावत सन्तुलित गर्नु ।
२) पर्याप्त पानी पिउनेः
शरीरमा पर्याप्त पानीको मात्रा भएपछी फोक्सोलाई काम गर्न सहज हुन्छ । कफी, अल्कोहल र सोडियम धेरै भएका खानेकुरा नखानुहोला ।
३) आइरन र एन्टी अक्सिडेन्ट बढी भएको खाना लिनेः
हरियो सागपात, भटमास, अण्डा, रातो सिमि, गाजर, पालुन्ग्गो, सिमला खुर्सानी आदी खानु होला ।
४) शारीरिक रुपमा स्फुर्त रहनेः
घर वा आगनमै सामान्य शारीरिक कसरत, हिंडडुलले फोक्सोको अक्सिजन लिने क्षमता बढाई चिन्ता घटाउँछ ।
५) स्वासप्रश्वासको कसरत गर्ने (फोक्सोको):
स्वस्थ व्यक्तिको लागि Deep breathing exercise गर्दा प्रभावकारी हुन्छ । यसको लागि (क) आफुलाई सहज हुने आसनमा बस्ने (सम्भव भए कुर्सीमा) (ख) नाकबाट सकेसम्म धेरै हावा भित्र लिने (ग) फोक्सोमा एकछिन हावालाई होल्ड गरेर मनमनै ५ सम्म गिन्ती गर्ने (घ) नाकबाट बिस्तारै हावा छोड्ने ।
१ पटकमा कम्तिमा ४ चोटी यो विधि अपनाउनु पर्छ र दिनभरिमा कम्तिमा ४ पटक । अस्वस्थ व्यक्तिको लागि बिस्तारै हावा भित्र लिने र नाकबाट फाल्ने प्रयास गर्ने ।
६) शान्त रहने प्रयास गर्नुसः
जब तपाई शान्त रहनुहुन्छ तब श्वासप्रश्वास प्रक्रिया सहज हुन्छ । सम्भव भएमा मेडीटेशन, योग, सकारात्मक सोच सम्बन्धी यु ट्युबमा भिडियो हरु हेर्नुहोला ।
७) धुम्रपानः
धुम्रपान नगर्ने । आफू सामु अरुलाई पनि गर्न नदिने ।
८) घरभित्रको हावा दुषित न्यूनीकरण गर्नेः
ग्यास चुल्हो, स्टोभ, बलिरहेको मैनबत्ती वा टुक्की, दाउरा बालिरहेको ठाउँबाट, ग्यास हिटर आदी धुवा निकाल्ने ठाउँबाट कम्तिमा ५ फिट टाढा बस्ने । दाउरा बालेर खाना पकाउने अवस्था र धुवा आवातजावतको अवस्था ठिक नभएमा खुल्ला ठाउँमा खाना बनाउने । मुख्य कुरा धुँवाबाट टाढा रहने ।
९) पेट्रोलियम आधारित क्रिम र मल्हमहरु अनुहार र छातीमा नलगाउने । जस्तै भेसलिन, मोईस्चराईजर आदी ।
१०) श्वास फेर्न कठिनाई वा छाती दुख्ने जस्ता लक्षण महशुस भएमा नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्नु । स्रोत काठमाण्डुपाटी
ताजा
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार





















