वडा प्रहरी कार्यालय वालिङ द्वारा ३९ ओटा अक्सिजन सिलिन्डर संकल

वालिङक,२६ वैशाख– कोरोना संक्रमणका कारण अक्सिजनको अभाव हुन थालेपछि वडा प्रहरी कार्यालय वालिङले अक्सिजनका सिलिण्डर संकलन कार्यला तिब्र बनाएको छ ।
प्रहरीले वालिङ र गल्याङ बजारमा रहेका ब्यावसायीहरु संग भएका अक्सिजनका सिलिण्डर संकलन गरेको हो । गल्याङ बाट ८ ओटा सिलिण्डर र वालिङबाट ३१ ओटा गरी ३९ ओटा सिलिण्डर संकलन गररे अक्सिजन भर्नको लागि पोखरा पठाइएकोमा केही सिलिण्डर ग्याँस भरेर ल्याइसकिएको र केही सिलिण्डर ग्याँस भरेर ल्याउने क्रममा रहेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख हरि पौडेलले बताउनुभयो । बजार क्षेत्रमा रहेका ब्यापारी एवं साना ठुला उद्योगहरुबाट सिलिण्डर संकलन गरिएको प्रहरीले जनाएको छ । ब्यावसायीहरुले सहजरुपमा आफुसंग भएका सिलिण्डर उपलब्ध गराएको वडा प्रहरी कार्यालय वालिङका प्रमुख पौडेलले बताउनुभयो ।

वालिङको जैसी पधेरामा हार्डवयर ब्यावसाय गर्दै आउनुभएका शिव डुम्रेको पसलबाट २१ थान ठुलो र १ थान सानो गरी २२ थान अक्सिजनका खाली सिलिण्डर र मोदिखोलामा रहेको विश्वकर्मा ग्रिल तथा कृषि औजार उधोग बाट ३ थान ग्याँस भरी अवस्थामा भएका सिलिण्डर संकलन गरिएको वडा प्रहरी कार्यायलयले जनाएको छ । यसै गरी प्रहरीले वालिङ बजारका अन्य ब्यावसायीहरु संग भएका सिलिण्डर पनि संकलन गरिएको जनाएको छ ।

ताजा

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal