जनता बचाउँन जिल्लामै अक्सिजन पलान्टको स्थापना गरौ गाउँपालिका अध्यक्ष ः सुवेदी

स्याङ्जा,२५ वैशाख– फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जनताको जीवन रक्षाको लागि जिल्लाका ११ ओटै स्थानीय तह मिलेर जिल्लामै अक्सिजनको पलान्ट स्थापना गर्ने कार्यमा लाग्न आग्रह गर्नुभएको छ ।
महामारीको रुपमा फैलिएको कोरोना भइरसको संक्रमण जिल्लामा बढदै जान थालेपछि बिरामीको संख्या बढदै जादा अक्सिजनको अभावमा सर्वसाधारण जनताले ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने भएकोले त्यो अवस्था आउन नदिनको लागि सबै स्थानीय तह मिलेर जिल्लामै अक्सिजनको पलान्ट स्थापना गर्नुपर्ने बताउनुभएको हो । अध्यक्ष सुवेदीले भन्नुभयो, “संक्रमणको दर बढ्दैछ, अहिले नै सोचिएन भने अक्सिजनको अभावमा धेरै जनताले ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्छ । त्यसैले जिल्लामा रहेका सबै पालिकाहरु मिलेर यो पलान्टको निर्माण गर्नुपर्छ ।”

करिब १५ देखि २० दिन भित्रमा एकरोड ५० लाख देखि दुई करोड भित्रमा दैनिक १ सय देखि १ सय ५० सिलिण्ड सम्म ग्याँस उत्पादन गर्न सकिने कुरा आफु संग प्रविधिकहरुले बताएको समेत गाउँपालिका अध्यक्ष सुवेदीले बताउनुभयो । यो कुनै एउटा पालिकाले मात्रै निर्माण गर्न सम्भव नभएपनि जिल्लाका सबै पालिका मिलेर काम गरेको अवस्थामा समस्या नहुने अध्यक्ष सुवेदीको भनाइरहेको छ ।
विकास निर्माणको बजेट कटाएर भएपनि जनता बचाउनुपर्ने अभियानमा लाग्नु पर्ने उहाँले बताउनुभयो ।।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal