रामपुर नगरपालिकाले २५ शैयाको आइसोलेसन निर्माण गर्ने


पाल्पा,२४ वैशाख– रामपुर नगरपालिकाले २५ शैयाको आइसोलेसन निर्माण गर्ने भएको छ । नगरपालिकाले विभिन्न वडामा १५ तथा रामपुर अस्पतालमा १० गरी २५ शैयाको आइसोलेसन कक्ष निर्माण गर्न लागेको हो । नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण भएका नगरवासिलाई अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवा दिने नगरपालिकाले जनाएको छ ।

कोरोना भाइरको संक्रमण तिव्र रुपमा फैलिएको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाको आर्थिक सहयोग र रामपुर अस्पतालको समन्वयमा अक्सिजन सहितको १० शैंयाको आइसोलेसन कक्ष निर्माण गर्ने ,नगर स्तरिय क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापन तथा संचालनका निम्ति वडा नम्बर ५ का वडा अध्यक्ष हिमाल मल्लको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । कोभिडको संक्रमणबाट जोगिन आवस्यक काम बाहेक घरबाहिर ननिस्कन र स्वाश्थ्य मापदण्ड अनिवार्य पालना गर्न नगरप्रमुख रमणबहादुर थापाले सबै नगरवासिमा अनुरोध गर्नुभएको छ । नगरप्रमुख थापाले विपतको समयमा हुने कालोबजारी नियन्त्रणका लागि अनुगमन गरेर स्वास्थ्य सामाग्री, औषधी, खाद्यसामाग्री तथा दैनिक उपभोग्य वस्तुहरुमा कालोबजारी गरेको पाइएमा कडा कारबाही गरिने समेत ताउनुभयो । जोखिमको समयमा सवै संघसंस्थाको समन्वयमा काम गरिने नगरप्रमुख थापाको भनाइ थियो ।

पालिकाको वडा नम्बर १ , ९ र १० नम्बरमा यहि बैशाख २६ गतेदेखि सेवा प्रदान गर्ने गरि अक्सिजन सहितको ५÷५ शैंयाको आइसोलेसन वार्ड निर्माण गरिने छ भने प्रत्येक हप्ताको बुधवार र शनिवार नगरपालिकाले कार्यालय परिषरमा निशुल्क एन्टिजेन तथा पिसीआर परीक्षणका लागि स्वाब संकलन गरिने भएको छ । रामपुर अस्पतालको निर्देशनमा कोभिड अस्पतालसम्म बिरामीलाई पुर्याउने व्यवस्थापनका लागि नगरपालिकाले निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने , जोखिमको समयमा अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मीलाई नेपाल सरकारले तोकबमोजिमको भत्ता उपलब्त्र गराउने , अग्रपंक्तिमा रहेर काम गर्ने संचारकर्मी, पत्रकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई अक्सिजन सहितको निशुल्क आइसोलेसन कक्ष निर्माण गरिदिने निर्णय भएको रामपुर नगरपालिकाका नगरप्रवक्ता हुमनाथ न्यौपानेले जानकारी गराउनुभयो ।

प्रवक्ता न्यौपानेका अनुसार नगरपालिकामा २० अक्सिजन सिलिण्डर आइसकेको छ । ३ वटा वडा गत १५ तथा रामपुर अस्पतालमा १० गरि अहिलेलाई २५ शैयाको अक्सिजन सहितको आइसोलेसन वार्ड तयार भए पनि आवस्यकता अनुसार थप गर्ने नगरपालिकाको योजना छ ।
नगरपालिकाले कोभिडको कारण ज्यान गुमाउनेको परिवारलाई ३० हजार रुपैँया दिने भएको छ । पालिकाले कोभिड–१९ कारण ज्यान गुमाएका नगरवासीका घरपरिवारलाई दाहसंस्कार एवं काजक्रिया खर्च बापत प्रतिपरिवार ३० हजार उपलब्ध गराउने निर्णय गरेको हो

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal