‘प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध’ छ ः प्रधानमन्त्री ओली

काठमाडौँ, २४ वैशाख–  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रेस स्वतन्त्रताको रक्षामा निष्ठापूर्वक उभिएको बताउनुभएको छ । उहाँले छैटाँैं राष्ट्रिय पत्रकारिता दिवस र गोरखापत्रको १२१औँ वर्ष प्रवेशका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
उहाँले शुक्रबार परेको पत्रकारिता दिवसको अवसरमा सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीलाई पेसागत उन्नति र कार्य सन्तुष्टिका लागि समेत शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “नेपालको पहिलो समाचारपत्र गोरखापत्रको शुभारम्भ भएको दिनको स्मृतिमा मनाउन लागिएको राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण पत्रकारप्रति शुभकामना व्यक्त गर्दछु ।”
आमसञ्चार माध्यमहरूले मानवता, भौगोलिक अखण्डता र राष्ट्रियताको पक्षमा सधैँ दृढतापूर्वक उभिनुपर्ने धारणा प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको छ । आमसञ्चार माध्यम सङ्घीय एकाई, विभिन्न जातजाति, धर्म र सम्प्रदायबीचको सम्बन्धका सेतूका रूपमा स्थापित हुनुपर्ने बताउनुहुँदै उहाँले भन्नुभएको छ, “नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगत्ले निर्वाह गरेको भूमिकाको यस अवसरमा म स्मरण गर्न चाहन्छु ।”
उहाँले प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण र सम्बद्र्धन, सामाजिक न्याय र समानताको प्रत्याभूतिमा सरकार दृढ रहेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “यस दिवसले सम्पूर्ण सञ्चारकर्मी र सञ्चार उद्यमीलाई सामाजिक उत्तरदायित्व बहन गर्दै, संविधानप्रदत्त हक अधिकार उपभोग गर्न थप प्रेरणा गर्नेछ भन्ने विश्वास लिएको छु ।”
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकारले लिएको अग्रसरतालाई सहयोग पु¥याउन सञ्चार माध्यमहरूको सिर्जनात्मक र रचनात्मक भूमिका आवश्यक भएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ । देशलाई आर्थिक सामाजिक रूपान्तरण गरी राष्ट्रलाई समृद्ध र जनतालाई सुखी बनाउने अभियानमा आमसञ्चार माध्यमहरूबाट सशक्त भूमिका निर्वाह हुनसक्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभएको छ ।
सञ्चार माध्यम र सञ्चारकर्मीको भूमिका पारदर्शी हुन नसक्दा त्यसको दूरगामी नकारात्मक असर समाजले भोग्नुपर्ने चर्चा गर्नुहुँदै उहाँले स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउनुपर्ने बताउनुभएको छ । उहाँले व्यक्तिलाई हानि पुग्ने, सार्वजनिक सदाचार, सद्भाव र नैतिकता प्रतिकूल हुने आधारहीन सामग्री सम्प्रेषण हुन नदिन सञ्चारकर्मी सजग हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
पूर्वाग्रह, दूराग्रह, निन्दा र पक्षपोषण स्वतन्त्र पत्रकारिताको आधारभूत मूल्यविपरीत भएको चर्चा गर्नुहुँदै उहाँले भन्नुभएको छ, “यस्ता चरित्रलाई हटाएर मात्रै हामीले पत्रकारिताप्रतिको विश्वसनीयता बढाउन सक्दछौँ ।” यसैगरी हरेक व्यक्तिको स्वाभिमान र प्रतिष्ठामा आँच आउन नदिन संविधानको मार्गदर्शनमा कानुनी व्यवस्थालाई सुदृढ बनाउन पनि प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभएको छ । गोरखापत्रले १२० वर्षदेखि निरन्तर नेपाली भाषाको सेवा गर्दै आएको स्पष्ट गर्नुहुँदै उहाँले संस्थानमा कार्यरत सम्पूर्ण पत्रकार, प्रशासक, प्राविधिक र कर्मचारीहरूमा बधाई तथा शुभकामना प्रकट गर्नुभएको छ । स्रोतः गोरखापत्र

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal