साथी

जनताको घरमा मकै र भट्ट खाएको भुल्यौ कि
बिश्वास मानि गाउँलेले माया लाएको भुल्यौ कि
दरबार पस्दा पायल चप्पल लाएको भुलौ कि
गरिब माथी उठाउने गीत गाएको भुलौ कि

आन्दोलन गर्दा खाएको कसम कसरी भुलेको
दुःखको साथी जनतालाई बिर्र्सी कता छौ खुलेको
खेतका गरा पहेंली धान क्या राम्रो झुलेको
शहिदको सपना साकार पार्न किनहो भुलेको ।

सत्ता को स्वाद पाएर मीठो हिजलाई बिर्सियौ कि
खायौ कि क्याहो नखानी कुरा त्यसैले तस्र्यौ कि
झण्डाबाल गाडी रेशमी साडी कसैले पाँंथ्यो र
धुलौटे माटो गाभा र आँटो के याद आउँथ्यो र

नोट्का बिटा पानीका छिटा परे झैं छरे र
सत्ताको लागि जे पनि गर्छौ के लान्छौ मरेर
हिज का हामी बिर्सियौ साथी सम्झना हरायो
हुदैन क्यारे तिमिलाई राम्रो भाउसिलो करायो

त्यो खरको छानो चुहेको पालि अँध्यारो मझेरी
भुले छौ साथी ती काला दिन खोल्सी र पंधेरी
आसेर पासे बसेर नासे होस कहिले पाउनी हो
अरुको पालो आउँछ कि साथी तिमिनै आउने हो

चुनाबको कुरा गरेर भुरा उफ्र्या छन गाउँ तिर
देलान र पाउंला भनेर कठै हेर्या छ्न बाउ तिर
छोरा र छोरी श्रीमती प्यारी के देख्छौ अरुलाई
खान न पिन खुब जोताई राख घर का गोरुलाई

सगरमा बादल लाग्या छ टम्म गज्र्या छ बेसरी
बर्षला पानी आउलानी भेल के राख्ला यसरी
समय छंदै लाग है साथी बेथिती रोक्न लाई
लागेनौ भने बगाउं छ साथी सकिन्न बोक्नलाई ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal