प्रचण्डको अर्थशास्त्रले शेयर बजार डुब्योः एमाले सचिव अर्याल
हिमलाल पराजुली
वालिङ,१ पुस– नेकपा एमाले केन्द्रीय कमिटी सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजारका बारेमा विना अध्ययन गरेको टिप्पणीले शेयर बजार धरापमा परेको बताउनुभएको छ ।
स्याङ्जाको वालिङमा नेकपा (एमाले) वालिङ नगर कमिटी द्वारा आयोजित बधाई, अभिनन्दन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं एमाले नेतृ अर्यालले सो कुरा बताउनुभएको हो ।
अर्यालले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, “शेयर बजारका बारेमा नबुझि होचुवाका भरमा सरकारमा सहभागि दलका नेताको टिप्पणीले लगानी कर्ताको बिचल्लि हुने अवस्था आएको छ, यो राम्रो भएन राजनीति गर्ने व्याक्तिले होचुवाको भरमा बोल्दा त्यसको नकरात्मक प्रभावले पार्ने असरको जिम्मा कस्ले लिन्छ ।” नेर्त अर्यालको प्रश्न थियो ।
एमालेको सरकारले गरेका काम संग डराएर गरिएको गठबन्धन नयाँ निर्वाचनको घोषणा संगै टुट्ने बताउदै निहित स्वार्थ र उद्देश्यका साथ बनेको गठबन्धन धेरै लामो समय सम्म जान नसक्ने नेतृ अर्यालको भनाइ थियो । एमालेलाई हराउनैका लागि गरिएको गठबन्धन आफै टुट्छ तहसनहस हुन्छ, उद्देश्य पवित्र नभएपछि राम्रो परिणामको आसा गर्न नसकिने अर्यालले बताउनुभयो ।
अहिलेको सरकारले जनताको हितमा काम गर्न नसकेको बताउदै इतिहासकै कमजोर जगमा बनेको यो सरकार काम गर्ने भन्दा पनि जनतालाई अलमल्याउने कार्यका साथै पूर्ववर्ति सरकारले छुट्याएको विकास बजेट समेत काटेर नालायकी व्यवहार प्रदर्शन गरेको दावि गर्नुभयो । आफुहरुको सरकारले जनताले सम्झने र इतिहासमा कोरिने गरि महत्वपूर्ण खालका काम गरेपछि सरकारबाट हटाउने खेल सुरुभएको र त्यसकै लागि गठबन्धन गरिएको अर्यालको भनाइ थियो ।
नयाँ जनगणनामा लिपुलेक र लिम्पिया धुरामा जनगणना गर्न नसक्नु र त्यहाँको जनगणनाका लागि भारतलाई सोधनुपर्छ भन्ने कुराबाटै सरकारको राष्ट्रवाद उदाङ्गिएको र महाकालिमा तुइनकाटेर आफ्नो नागरिकलाई भारतिय सुरक्षा कर्मीले महाकालिमा बगाइदिदा समेत सम्बन्धित पक्ष संग कुरा गर्न नसक्ने सरकारबाट जनताले आफ्नो सुरक्षा सरकाले गर्छ भनेर कसरि आसा गर्नु, अर्यालको भनाइ थियो ।
एक फरक प्रसंगमा नेतृ अर्यालले भन्नुभयो, एक थरिलाई एमालेको दशौं महाधिवेशनबाट एमालेमा बिवाद संगै पार्टी सकिन्छ भन्ने लागेको थियो । माओवादीबाट आएका र दश बुदेमा हस्ताक्षर गरेका नेतहरुलाई पाखा लगाउनेछन् भन्ने बजार हल्लालाई महाधिवेशनबाट झुट्टो सावित गरिदिएको र अब एमाले पार्टी सबैको मनोभावनालाई समेटेर शसक्त भएर अगाडी बढ्ने बताउनुभयो । संकृण विचार, अराजकता र स्वार्थका कारण केही व्याक्तिहरु बाहिरिए पनि अब पार्टीले गति लिने बताउनुभयो । उहाँले भन्नुभयो, “एमाले प्रति जनताको अपार माया र विश्वासछ त्यो चिवनमा भएको दशौं महाधिवेशनबाट प्रमाणित भइसेको छ ।”
कार्यक्रममा एमाले केन्द्रीय सदस्य सीता सुन्दास, सीमा क्षेत्री, किशोर बिक्रम मल्ल गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैरे (पारस) , पुतलीबार नगर कमिटी अध्यक्ष भरत गोदार, भीरुकोट नगर कमिटी अध्यक्ष विश्वनाथ अर्याल, अनेरास्ववियु जिल्ला संयोजक सगुन राना, मञ्जु केसी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जिल्लाबाट पार्टीको दशौं महाधिवेशनमा पदाधिकारीका साथै केन्द्रीय कमिटीमा विजयी हुनुभएका नेताहरुलाई सम्मान समेत गरिएको थियो । एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल, केन्द्रीय सदस्य त्रय सीता सुन्दास, सीमा क्षेत्री र किशोर बिक्रम मल्ल गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन रेग्मी प्रेस चौतारी केन्द्रीय सदस्य हिमलाल पराजुलीलाई सम्मान गरिएको थियो ।
नगर कमिटी उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रम वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलको अध्यक्षता र सचिव यामकान्त खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार




























