कोरोना कहरले कृषि उद्यमी बनेका टुकप्रसाद
गोपाल जिटी
वालिङ,१७ मङ्सिर– भनिन्छ विकाससँगै विनास हुन्छ र बिनाससँगै विकास पनि हुन्छ । हरेक चुनौतीसँगै अवसरहरु पनि उत्तिकै हुन्छन् ।
विगत दुई वर्ष यता कोरोना भाइरसले विश्वमा नै महामारीको रुप लिएसँगै ठूलो नोक्सानी पु¥याएको सबैलाई थाह भएकै कुरा हो । त्यसमध्ये नेपालीहरु पनि उच्च जोखिमको चपेटामा परेका हौं भने प्राय सबैजसो क्षेत्र प्रभावित हुन पुगे । बजार केन्द्रित कतिपय नागरिकहरुलाई गाउँ फर्काएको छ । भएका जग्गा यसै छोडेर पैसा कमाउनका लागि युवाहरु विदेश जानेक्रम रोकिएको छैन भने स्वदेशमै रहनेहरुमा पनि अलि अलि कमाई गरेपछि शहर ताक्ने विद्यमान प्रचलनलाई पछिल्लो समयले तोडने प्रयास गरेको छ ।
फलस्वरुप वैदेशिक रोजगारीबाट फर्केका र कोरोना कहरका कारण गाउँ फिरेकाहरु कृषि उद्यमलाई मुख्य आधार बनाएर बनाएर लाग्न थालेका छन् । जसका कारण कृषिले विस्तारै व्यवसायिकता पाउने सङ्केत देखिन थालेको छ ।
यसैक्रममा स्याङ्जा वालिङका युवाहरु कृषिकर्मलाई मुख्य पेशाकारुपमा अपनाएर गाउँमै आयआर्जनमा जुटेका छन् ।
सानैदेखि कुनै न कुनै कृषि काम गरेर हुर्केका वालिङ १४ बायँखोला भंगेनीका टुकप्रसाद डुम्रेलाई अवसरको खोजिमा घर छोड्ने गरायो । बुवाको चाहना र गाउँका साथीहरुको सँगतिले टुकप्रसादलाई खाडी मुलुक साउदी र दुवइ पु¥यायो । करिव १२ वर्ष परिश्रम गरेर फर्केका डुम्रे अहिले केराखेतिमा व्यस्त छन् । गाउँमा बाँदर लगायत वन्यजन्तुबाट नोक्सानी हुने र परम्परागत खेतिबाट न्युन उत्पादनका कारण धेरैजसो जमीन खाली भएका थिए । तर डुम्रेले गत वर्षदेखि तिनै खाली रहेका जग्गामा केरा लगाएर हराभरा बनाएका छन् । २८ रोपनीमा पैmलिएको पाखो जग्गामा झण्डै ३ हजार केराका बिरुवा लगाएका डुम्रेले आम्दानी लिन सुरु गरिसकेका छन् ।
विदेशबाट फर्केपछि स्थानीय वालिङ बजारमा फर्निचर व्यवसायी बनेका डुम्रेले भीडभाड र धेरैजनासँगको जमघटबाट टाढा रहन गाउँ फर्कने निधो गरे । केही न केही काम गरिरहन रुचाउने डुम्रेलाई कोरोना कहरका कारण गरिएका बन्दाबन्दीले छटपटी बनायो । फलस्वरुप गाउँको खाली जग्गालाई उपयोग गरेर सानैदेखिको कृषि कर्मको रहर पूरा गर्ने बेला आएको महसुस गरायो र डुम्रेलाई बजारको पेशा छुटायो । के गर्दा ठिक हुन्छ भनेर खोज्ने क्रममा केरा रोजेको डुम्रेले सुनाए । बाँदरबाट नोक्सान नहुँने र उत्पादन पनि धेरै लिन सकिने भएकाले पनि केरा खेति अपनाएको उनले बताए ।
गवारोले नखाने र फल पनि राम्रो दिने सुनेपछि नेपालगञ्जबाट टिस्यु कल्चरको केरा लगाएको टुकप्रसाद बताउँछन् । सुरुमा नेपालगञ्जबाट बिरुवा ल्याएको र त्यहीँबाट प्राविधिक सहयोग लिनुका साथै खरिद पनि उसैले गरिदिने सर्तमा केराखेतिको थालनी गरे, तर बन्दा बन्दीले समय समयमा टाढाबाट आउने सम्भावना रहेन । यसैक्रममा एकैचोटी धेरै उत्पादन भयो भने बिक्रि होला कि नहोला भनेर उनलाई चिन्ता लाग्यो । तर स्थानीय वालिङ बजारमा बुभ्mदा एउटै थोक विक्रेताको पसलमा महिनामा २५ ट्रक केरा आउँदो रहेछ भने यस्ता अरु पनि धेरै व्यापारी छन् । यसरी बिक्रिको लागि पनि कुनै समस्या नहुने भएपछि डुम्रेलाई उत्साही बनाएको छ ।
सुरुमा यो विग्रियो, पाखोबारीमा केरा लगाएर के हुने हो र भन्ने छिमेकिहरुको पनि मन फर्किएको छ । गरे हुँदो रहेछ, ठीक गरेछ, हामीले पनि गर्न पाए हुन्थ्यो, पछि परिएछ भन्ने महसुस गरेर अरु दुइ चार जनाले एक दुइ वटा बारीका गरामा लगाउन थालिसकेका छन् । अबको केहि वर्षमा भंगेनीको पाखो केरा र सुन्तलामय हुने संकेत देखिइसकेको छ ।
विदेशको प्रचण्ड गर्मीमा काम गरेर वर्षमा चार पाँच लाख कमाइएला तर यहाँ घर परिवारसँग बसेर थोरै परिश्रम गरेर पनि कमाउन सकिन्छ भने किन नगर्ने भनेर पनि काम गर्न थालेको डुम्रेले बताए । यति केराखेतिबाट वर्षमा सात आठ लाख सजिलै कमाउन सकिने डुम्रेको अनुमान छ । खाली रहेको जमिन प्रयोगमा पनि आउने र कमाई पनि हुने भएकाले अब कोही युवा प्रदेश जानुपर्दैन यहीँ कमाइ गर्न सकिन्छ भन्ने सन्देश दिनेमा डुम्रेको विश्वस्त छन् ।
सुन्तला या कुनै यस्तै व्यवसाय गर्छु भनी बुवासँग पैसा माग्दा पाइन तर विदेश जानका लागि भनेपछि पाएँ । विदेश गएपछि पैसा निश्चित कमाइन्छ तर यहाँ हुन्छ कि हुँदैन भनेर अनिश्चित सम्झने गाउँलेको बुझाई छ । डुम्रे भन्छन—“राम्रोसँग बुझाउन नसक्दा पनि विदेश जानुपर्ने वाध्यता रह्यो, परिवारको खुशीका लागि भएपनि विदेश लागें । उ बेलामा केरा अथवा सुन्तला लगाएको भए अहिले कस्तो हुँदो हो भनी पश्चाताप लागेको छ । तर पनि समय वितेको छैन अब पनि गर्न सकिन्छ भनेर विश्वास लिएर गरेको छु, विश्वास गरे अनुसार राम्रो भएको छ र अब सुन्तला र टिमुर पनि लगाउने योजना छ ।”
डुम्रे भन्छन्, “वास्तवमै कृषिमा सम्भव छ, कृषि पेशा गरेर राम्रोसँग जीविकोपार्जन गर्न सकिन्छ भन्ने आत्म विश्वास छ । कृषि सम्बन्धी पूर्ण ज्ञान नभएको हुनाले हामी पछि परेका हौं । कृषि सम्बन्धी स्थानीय पालिकाले पनि बेला बेलामा प्राविधिक टोली सहित अनुगमन गर्ने, आवस्यक सुझ बुझ गरी काम गर्ने हो भने धेरै राम्रो छ ।”
राज्यले किसानलाई नगद अनुदान भन्दा पनि प्राविधिक सल्लाहको आवश्यक छ । प्राविधिक सल्लाह, उपकरण सहितको प्रविधिको ज्ञान तथा सीप प्रदान गर्नसके अनुदानको आवस्यक नपर्ने डुम्रे बताउनुहुन्छ ।
ताजा
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित
२०८३ जेष्ठ २४ गते, आईतवार
भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता
२०८३ जेष्ठ १९ गते, मंगलवार
शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण
२०८३ जेष्ठ १५ गते, शुक्रबार























