गण्डकी समाचारकी कार्यकारी सम्पादक राना सञ्चारिका समूहको अध्यक्षमा निर्वाचित
वालिङ,२१ मङ्सिर– गण्डकी समाचर डक कमकी कार्यकारी सम्पादक कला राना सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
मंगलबार वालिङमा सम्पन्न तेस्रो अधिवेसनले रानाको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्म चयन गरेको हो । जसको उपाध्यक्षमा साधना न्यौपाने, सचिवमा आरती कुँवर, कोषाध्यक्षमा अस्मिता राना रहनुभएको छ भने सदस्यहरुमा फुलमाया रश्मी भट्टराई, ममता ज्ञवली, अनिता गौतम, कामना सुनार, गीता भट्टराई, रहनुभएको छ । समूहको सल्लाहकारहरुमा भवानी अधिकारी र शान्ता थापा रहनुभएको छ ।
वालिङ नगरपालिकाकी उपप्रमुख कल्पना तिवारीलले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समुहलाई सहयोग गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । साथै उपप्रमुख तिवारीले महिला पत्रकारहरुको हकअधिकार र क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग समन्वय र सहकार्य गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले पत्रकार महासंघ महिला पत्रकारहरुलाई संगसंगै अगाडि बढाउन प्रतिवद्ध रहेको बताउदै नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा निर्वतमान अध्यक्ष भवानी अधिकारीले नवनिर्वाचित समितिलाई थप क्रियाशिल भएर अगाडि बढ्न आग्रह गर्दै सँधै समूहकै साथमा रहेको बताउनुभयो ।
महिला पत्रकारहरुको भेलाले निर्वतमान अध्यक्ष अधिकारीलाई गण्डकी प्रदेश तथा केन्द्रिय कार्यसमितिमा पठाउने र स्थानीय पालिकासंग समन्वय गर्दै पत्रकारहरुको क्षमता विकास र दक्षता अभिवृद्धिका लागि प्रस्ताव पशे गर्ने निर्णय समेत गरेको नवनिर्वाचित अध्यक्ष रानाले जानकारी दिनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार






















