गणतन्त्र दिवशको अवसरमा एमाले अध्यक्ष गैरे द्वारा स्वास्थ्य सामग्री वितरण

स्याङ्जा,१५ जेठ– नेपाल कम्युष्टि पार्टी (एमाले) स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरे (पारस) ले गणतन्त्र दिवशको अवसरमा स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ । कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित हररुको लागि उपचारमा सहयोग पुर्याउने उद्देश्यले अध्यक्ष गैरेले जिल्लामा रहेका कोरोना अस्पताल र संक्रमितहरुलाई लक्षित गरेर स्वास्थ्य सामग्री वितरण गर्नुभएको हो ।

जिल्लाको भीरकोट, वालिङ, गल्याङ, चापाकोट र कालीगण्डकी गाउँपालिकामा गरी करिब ४ लाख रुपैयाँ बढीको औषधी र स्वास्थ्य सामाग्री वितरण गरेको अध्यक्ष गैरेले बताउनुभयो । अध्यक्ष गैरेका अनुसार गल्याङ, चापाकोट र कालीगण्डकीमा कोरोना संक्रमित भएका ३ सय जना विमारीहरुलाई आधारभूत औषधी १० दिनको डोज मात्रा पुग्नगरी भिटामिन सी, भीटामिन डी, मल्टि भीटामिन, जिंक चक्की र सिटामोल लगायतका औषधी घरघरमै लगेर बाँड्ने व्यवस्था मिलाइएको र भीरकोट नगरपालिकामा ५० जना संक्रमित विमारीलाई बाँड्ने व्यवस्था मिलाइएको छ ।

गल्याङ र कालीगण्डकीको अस्पतालमा भर्ना भएर उपचार गर्नु पर्ने अवस्था भएका विमारीहरुलाई लक्षित गरेर डेक्सोना इन्जेक्सन, पारासिटामोल इन्फुजेन इन्जेक्सन, मास्क, र सेनिटाइजर समेत अध्यक्ष गैरेले उपलब्ध गराउनुभएको हो । त्यस्तै उहाँले जिल्लामा रहेका ४ वटा एम्बुलेन्स चालक, कोरोना संक्रमितको उपचार र लाश व्यवस्थापनमा खटिने वालिङका दुई युवा, पार्टी कमिटी र भीरकोटका युवाहरुलाई समेत सेनिटाइजर, मास्क थर्मगन र पीपीई सेट प्रदान गर्नुभएको छ भने गल्याङ प्रहरी चौकीलाई पीपीई सेट, मास्क, थर्मगन हस्तानतरण गर्नुभएको छ ।

स्याङ्जामा कोरोना संक्रमितहरुलाई लक्षित गरेर व्याक्तिगत रुपमा यति धेरै रकम बराबरको औषधी र स्वास्थ्य सामाग्री वितरण गरिएको यो पहिलो उदाहरण हो । राजनीतिका अलावा सामाजिक क्षेत्रमा समेत सक्रिय रहदै आउनुभएका गैरेले गत वर्ष कोरोना महामारीमा पनि अर्थिक अवस्था कम्जोर भएका बिपन्न वर्गलाई सहयोग गर्नुभएको थियो ।
कोरोना संक्रमणका कारण समस्यामा परेका जनताको स्वास्थ्य उपचारका साथै संक्रमित बिरामीहरुलाई सहयोग पुगोस भनेर आफुले सहयोग गरेको अध्यक्ष गैरेले बताउनुभभयो । महामारीले संकट निमत्याएको अहिलेको अवस्थामा सबैलाई आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न समेत अध्यक्ष गैरेले आग्रह गर्नुभएको छ ।

ताजा

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal