गिरनचौरमा ६१ जनाको एन्टिजिन परीक्षण गरिएकोमा एक जनामा पोजेटिभ

गल्याङ,१४ जेठ– गल्याङ नगरपालिका ११ गिरनचौरमा कोरोना भाइरस (कोभिड १९) को परीक्षण गरिएको छ । उक्त क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका विरामीको संख्या बढेपछि नगरपालिकाले गाउँमै पुगेर स्थानीय बासिन्दाको एन्टिजिन परीक्षण गरेको हो । स्थानीय ६१ जनाको परीक्षण गरिएकोमा एक जनामा संक्रमण पोजेटिभ देखिएको नगरपालिका स्वास्थ्य शाखा संयोजक गुनेन्द्र रानाले जानकारी दिनुभयो ।

गल्याङ नगर अस्पतालमा मात्रै एन्टिजिन परीक्षण गरिएकोमा शुक्रबार गिरनचौरमा रहेको शहरी स्वास्थ्य इकाई (केन्द्र) मा एन्टिजिन परिक्षण गरिएको हो । उक्त क्षेत्रमा विरामीको संख्या बढेको भन्दै स्थानीयले पनि परीक्षणको माग गरेका थिए । आवश्यकताको आधारमा अन्य गाउँहरुमा पनि पुगेर परीक्षण गरिने नगरपालिका प्रमुख भुपराज अधिकारीले बताउनुभयो । गरप्रमुख अधिकारीले भन्नुभयो, ‘रोगको पहिचान गरी थप महामारी फैलिन नदिन नगरपालिकाले गाउँमा नै पुगेर परिक्षण गर्न लागेको हो ।’

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले महामारीलाई कम गर्न नगरपालिकाले विभिन्न उपायहरु अपनाउने तयारी अन्तरगत सक्रियताका साथ काम गरिरहेको बताउनुभयो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal