वालिङका दुई युवा बिरामीलाई अस्पताल पुर्याउनेदेखि दाहसंस्कारको काममा
वालिङ,१४ जेठ– कोरोना माहमारीको दोस्रो भेसिएन्टको त्रासमा धेरै मानिसहरु घर भीत्रै बसिरहेको र छरछिमकमा परेको साह्रोगाह्रोमा समेत उपस्थित भएर सहयोग गर्न डराइरहेको अवस्थामा वालिङका दुई युवा भने रातदिन नभनी कोरोना संक्रमणका कारण बिरामी परेकाहरुलाई अस्पताल सम्म पुर्याउन र ज्यान गुमाएकाहरुको सव ब्यवस्थापनमा (दाहसंस्कारमा) खटेकाछन् ।
वालिङ नगरपालिका ९ का विवेक पराजुली र १४ का याम लुईटेल जाहाँ गाह्रो पर्यो त्यहाँ उपस्थित भएर सहयोग गरिहाल्छन् । वालिङ १४ का एक कोरोना संक्रमित पुरुषको पोखरामा उपचारका क्रम्मा मृत्यु भएपछि मृत्कका आफ्न्तले आफ्नो संस्कार अनुसार घाटमै लगेर अन्तिम दाहसंस्कार गर्ने इच्छा गरेपछि पोखराबाट मृत्कको लाशलाई राम्दीमा लगेर दाहसंस्कार गरिएको छ ।
कोरोनाका कारण मृत्यु भएका पुरुषको लाशलाई ब्यवस्थापन गर्ने बारेमा आफन्त चिन्तित भइरहेका बेला नेकपा एमाले निकट वालिङ नगर कमिटी युवा संघका अध्यक्ष समेत रहनुभएका विवेक पराजुली र विश्व यात्री याम लुईटेलको सकृृयतामा मृत्कको लाशलाई राम्दीमा लगेर दाहसंस्कार गरिएको हो ।
नगरभित्र कोरोनाको संक्रमण बढ्दै गएपछि केही दिन पहिले नेकमा एमाले नगर कमिटीको बैठक बसेर कोरोना संक्रमणका कारण समस्यामा परेका जनताको सहयोगका लागि युवा संघलाई परिचालन गर्ने निर्णय गरेको थियो ।
कोरोना संक्रमितको सहयोगमा खटिनुभएका युवा संघ नगर कमिटी अध्यक्ष विवेक पराजुलीले संकटको बेला आफुहरुले मानविय भावनाका साथ सहयोग गरेको बताउनुभयो । अहिलेको जटिल अवस्थामा युवा वर्गले आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपछ भनेर सहयोग कार्यमा जुटेको बताउनुभयो । तस्विरः भुल थापाको फेसबुकबाट ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार























