कृषकले पाएनन् दूधको भुक्तानी पैसाको साटो नौनीका डल्ला !
दमौली,१४ जेठ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका दुग्ध उत्पादक कृषकले लामो समयदेखि दूध बिक्रीबापतको भुक्तानी पाएका छैनन् । याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री गर्दै आएका कृषकले गत पुस महिनादेखि दूधको मूल्यको सट्टा नौनी लिन बाध्य भएका छन् ।
सहकारीमा सङ्कलित दूध पोखराको सुजल डेरीले लैजान्छ । त्यही सुजल डेरीमा उत्पादित नौनी किसानलाई दूधको मूल्यको सट्टामा दिने गरिएको छ । किसानले उत्पादन गरेको दूधको मूल्य प्रतिलिटर ५५ रुपियाँ छ । त्यही दूधबाट उत्पादन गरेको नौनी प्रतिकिलो ७९८ रुपियाँमा किसानले लिनुपरेको छ ।
दूध उठाउने सुजल डेरीले मिल्क होलिडे गर्छौं भनेपछि त्यहीँको नौनी किसानलाई बाँडेको याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छविलाल तिवारीले बताउनुभयो । सहकारीमा ११० किसान आबद्ध छन् । दैनिक चार हजार लिटरको हाराहारीमा सहकारीको सङ्कलन केन्द्रमा दूध सङ्कलन हुन्छ ।
गत वर्ष कोरोनाको सङ्क्रमण रोक्न बन्दाबन्दी भएदेखि कम्पनीले नियमित दूधको भुक्तानी सहकारीलाई दिन सकेको छैन । दुई करोड रुपियाँभन्दा बढी सुजल कम्पनीसँग दूधको भुक्तानी लिन बाँकी रहेको अध्यक्ष तिवारीले जानकारी दिनुभयो । कम्पनीबाट नियमित पैसा नआउँदा सहकारीले किसानलाई गत पुसदेखिको भुक्तानी गरेको छैन ।
दूधको रकम किसानलाई भुक्तानी गर्न नसके पनि कृषकलाई घरघरमै दाना, चोकर, औषधि, खोप र प्राविधिकको व्यवस्थापन भने गर्ने गरिएको तिवारीले बताउनुभयो तर दूधको मूल्य समयमा नपाउँदा निकै गाह्रो भएको दुग्ध उत्पादक कृषक काशिनाथ भट्टराईले बताउनुभयो ।
दुग्ध उत्पादक कृषकलाई प्रोत्साहनका लागि बन्दीपुर गाउँपालिकाले प्रतिलिटर एक रुपियाँ अनुदानको व्यवस्था गरेको वडा नं. ५ का अध्यक्ष ध्रुवराज लामिछानेले बताउनुभयो । कोरोनाका कारण दूध र त्यसबाट उत्पादित पदार्थको बिक्री नभएकाले नियमित भुक्तानी दिन नसकिएको सुजल डेरीका कर्मचारी गुरु पौडेलले बताउनुभयो । नौनी स्टक राख्ने ठाउँको समेत अभाव रहेको तेलको सट्टा नौनी प्रयोग गर्न कृषकलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । स्रोतः गोप
ताजा
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार





















