एयरलाइन्समा नेपालमै उत्पादित दुग्धजन्य पदार्थको प्रयोग गर्न मन्त्री अर्यालको निर्देशन
काठमाडौं,८जेठ– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एअरलाइन्सहरुमा नेपालममै उत्पादित दुग्धजन्य पदार्थ प्रयोग गर्ने व्यवस्था मालउन निर्देशन दिनुभएको छ । राष्ट्रिय दुग्ध संस्थानको बैठकलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
संस्थानका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको बैठकमा बोल्दै मन्त्री अर्यालले नेपाल वायुसेवा निगमसँग छलफल गर्दा बटर, दही लगायतका दुग्धजन्य पदार्थ बाह्य मुलुकबाट आयात गर्दा ठूलो रकम बाहिर गएको भन्ने जानकारी आएको भन्दै नेपालमै उत्पादित दुग्धजन्य पदार्थको प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । मन्त्री अर्यालले एअरलाइन्सलाई विक्री वितरण गर्ने विषयलाई प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिदै घ्यु, नौनी, चीज लगायतका उत्पादनको बजारीकरण गर्नु पर्नेमा जोड दिनुभयो ।
उत्पादन बढाउन मन्त्रालयले मिसन सहितका कार्यक्रमहरू सञ्चालन गरिएको बताउदै मन्त्री अर्यालले मिठाइ लगायतका नयाँ उत्पादनहरू उत्पादनको शुरुवात गरी प्रतिस्पर्धी बजारमा निर्यात गर्ने बताउनुभयो ।
अर्थमन्त्रीसँग सफ्ट लोनको विषयमा कुराकानी भइरहेको भन्दै उहाँले दुग्ध किसानको बक्यौता चुक्ताका लागि हालसम्म स्टकमा रहेको सामाग्री सरकारले खरिद गर्ने विषय उठेकोले त्यसको आवश्यक सहजीकरणका विषयमा छलफल गरिने बताउनुभयो । तत्काल किसानको भुक्तानी गर्ने, ज्वलन्त समस्या कसरी समाधान गर्ने भन्ने विषयमा विकल्पसहित छलफल गरी निष्कर्ष निकाल्न समेत उहाँले संस्थानलाई निर्देशन दिनुभयो । उहाँले अनलाइन बजार सिस्टममा जानका निम्ती समेत २(३ दिनमा छलफल गरी निष्कर्ष निकाल्न निर्देशन दिनुभयो ।
संस्थानमा गत वर्षको स्टक काम नलाग्ने अवस्थामा पुगेको, हालको स्टक अनि बजारीकरणलाई नेपाली सेना, प्रहरी, सिँहदरवारमा अनिवार्य, प्याब्शन, एनप्याब्शन लगायतमा खपत गरी स्टक क्लियरेन्स हुने र थप बजारीकरण गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । त्यस अवसरमा मन्त्रालयका सचिवद्वय योगेन्द्रकुमार कार्की, डा। विमलकुमार निर्मल, संस्थानका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले संस्थानलाई समयअनुसार अगाडी बढाउन आग्रह गर्नुभयो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















