रामपुर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान
रामपुर,८ जेठ– कालीगण्डकी फाउन्डेशन नेपालले रामपुर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना भाइरसको संक्रमणमा जोखिम मोलेर बिरामीको सेवामा निरन्तर खटिएका अस्पतालका स्वास्थ्यर्मीलाई फाउण्डेशनले ७० थान पिपिई र पाँच सय पिस सर्जिकल मास्क प्रदान गरेको हो ।
संस्थाका सल्लाहकार सन्दिप रानाको पहलमा भारतका विभिन्न संघ संस्थाको सहयोगमा प्राप्त सामग्री संस्थाका अध्यक्ष निलकण्ठ भण्डारीले अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराईलाई हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा रामपुर नगरपालिका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले संस्थाले कोरोनाको महामारीको समयमा गरेको सहयोगप्रति धन्यवाद दिदै कोभिडको जोखिम बढ्दै गएको हुदा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्नुभयो ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले टाढाबाट पनि सामान पठाएर सहयोग गरेमा संस्थालाई धन्यवाद दिदै विभिन्न संघ संस्थाले गरेको सहयोगले कोरोनासँगको लडाइमा थप आत्मबल बढेको बताउनुभयो । साथै उहाँले कोरोना संग लक्षण मिल्दोजुल्दो भएमा स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्यकर्मीको निगरानीमा बस्न समेत नागरिकलाई अनुरोध गर्नुभएको छ । समयमा परिक्षण गरे सजिलै निको हुने कोरोनासँग नडराउन तथा सचेत रहन आग्रह गर्नुभयो ।
अस्पताल संचालन विकास समितिका अध्यक्ष बासुदेव भट्टराईले स्वास्थ्यकर्मी सुरक्षित रहेमा मात्रै नागरिकले राम्रो सेवा पाउने बताउनुहुदै अस्पतालमा विभिन्न संघ संस्थाबाट सहयोग प्राप्त भइरहेका जानकारी दिनुभयो ।
रामपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा कोभिड रोकथाम तथा व्यवस्थापन समितिका अध्यक्ष हिमाल मल्लले रामपुरमा कोरोना सङ्क्रमीतका लागि नगरका वडा नं १, ९ र १० मा पाँच÷पाँच शैयाको आइसोलेशन कक्ष रहेको र रामपुर अस्पतालमा दस शैयाको आइसोलेशन कक्ष संचालनमा ल्याइएको जानकारी दिदै कोभिड रोकथाममा नगरपालिकाले अक्सिजन व्यवस्थापनदेखि विभिन्न सामग्रीको बन्दोबस्त गरी अगाडि बढिरहेको बताउनुभएको छ ।
कालीगण्डकी फाउन्डेशन नेपालले सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाले एम्बुलेन्समार्फत कोरोना सङ्क्रमित बिरामीलाई घरदेखि अस्पताल सम्म उपचारका निम्ति सहयोग गरेको सचिव सीता डोटेलले जानकारी दिनुभयो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार





















