अक्सिजनको अभावमा जनताले ज्यान गुमाउनु पर्ने अवस्था आउन दिदैनौं ः मन्त्री श्रेष्ठ


सिर्जना घिमिरे
पाल्पा,६ जेठ– लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले अक्सिजनको अभावमा जनताले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने बताउनुभएको छ ।
गृहजिल्ला पाल्पाको विभिन्न अस्पताल तथा स्वाश्थ्यसंस्थाको अवलोकन निरीक्षणका क्रममा उहाँले करिब ३५ सय सिलिण्डर अक्सिजन माग भएको लुम्बिनी प्रदेशमा २१ सयको हाराहारीमा उत्पादन हुदै आएको र थप आवश्यक अक्सिजन आयात गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।
अहिलेको समयमा पुल र सडक लगायत पूर्वाधार विकासको कामलाई छोडेर सरकार कोभिड नियन्त्रणमा लागि सकेको र सरकारको सारा ध्यान कोभिडको नियन्त्रणमा केद्रित भएकोमा बताउदै मन्त्री श्रेष्ठले जनप्रतिनिधीहरुलाई आफु बचेर अरुलाई बचाउने अभियानमा खटेर लाग्न अनुरोध गर्नुभयो । भाषण र प्रचारमा मात्रै नभएर प्रतिफल आउने गरी जनप्रतितनिधी र कर्मचारीहरुले एकताबद्ध भएर काम गर्नु पर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो ।

पाल्पा अस्पताललाई अक्सिजन प्लान्ट निर्माण, रामपुर अस्पतालमा अक्सिजन सिलिण्डर अभाव हुन नदिने उहाँको भनाइ थियो । रामपुर अस्पतालमा अक्सिजन अभाव हुन नदिन प्रदेश सरकारले १५ लाख तथा स्थानिय सरकारले पनि पहल गरेको उल्लेख गर्नुभयो । नागरिकको ज्यान बचाउने अभियानमा केन्द्र, प्रदेश र स्थानीय सरकार हातमालो गरेर अघि बढ्ने मन्त्री श्रेष्ठको भनइ थियो । मन्त्री श्रेष्ठले तानसेन र रामपुरमा रहेका अस्पतालको निरीक्षण गर्नुभएको थियो ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal