संस्कृत गुरुकुलमा अंग्रेजी संगै कम्प्युटर शिक्षा पढाई
हिमलाल पराजुली
स्याङ्जा (राम्दी) ६, जेठ– स्याङ्जा र पाल्पाको संगम स्थल राम्दीमा रहेको संस्कृत गुरुकुलमा संस्कृत संगसंगै अंग्रेजी र कम्प्युटर शिक्षा समेत पढाई हुदै आएको छ । तपाई हामीलाई लाग्न सक्छ गुरुकुल भन्ने बित्तीकै संस्कृत भाषा र कर्मकाण्ड एवं पूजाँपाठ संग सम्बन्धीत विषहरुको मात्रै पठनपाठ हुन्छ भन्ने तर यदि सो कुरा सोचनुभएको छ भने राम्दीमा रहेको गुुरुकुले तपाई हाम्रो अनुमानलाई गलत साबित गरिदिएको छ ।
गल्याङ नगरपालिका १ राम्दी स्थित पवित्र धार्मिक तिर्थ स्थल कालीगण्डकी नदीको किनारमा रहेको संस्कृत गुरुकुलमा संस्कृत शिक्षाको साथै साथै नेपाल सरकारको विद्यालय तहको पाठ्क्रम अनुसार चार सय पूर्णाङ्कको अंग्रेजी, नेपाली, सामाजिक र गणित विषका साथै चार सय पूर्णाङ्कको संस्कृत शिक्षा अन्तरगत संस्कृत भाषा, कर्मकाण्ड, बेद र लगुसिद्धान्त गोमुदी लगायतका विषय पठनपाठन हुदै आएको गुरुकुलका शिक्षक दिपक गैह्रेले बताउनुभयो ।
२०७६ सालदेखि कक्षा ६ र ७ को पढाई सुरु गरिएको सो गुरुकुलमा अहिले ४० जना विद्यार्थीहरुले आवासिय रुपमा बसेर अध्ययन गर्दै आएकाछन् । गल्याङ नगरपालिकाको सहयोग र समन्वयमा संञ्लन गरिएको गुरुकुलमा चार जना शिक्षक रहेकाछन् जसमध्ये दुई जना शिक्षक नगरपालिकाले ब्यवस्थापन गरेको छ भने अन्य शिक्षक निजी स्रोतबाट ब्यवस्थापन गरिएको गुरुकुलका शिक्षक दिपक गैह्रेले बताउनुभयो ।
गुरुकुलमा बिहान बेलुकाको समयमा विद्यार्थीहरुलाई योगा सिकाइन्छ भने महिनाको ४÷५ संगित समेत सिकाउने गरेको गुरुकुलले जनाएको छ । गुरुकुलमा साथीहरु संगै संगित एवं कम्प्युटर शिक्षाको समेत अध्ययन गर्न पाउने भएकोले विद्यार्थीहरु पनि निकै रुचिका साथ पढ्ने गरेको शिक्षकहरुको भनाइ रहेको छ । कक्षा ६ मा अध्ययन गर्दै आएका दर्पण न्यौपानेले कुरुकुलमा बसेर पढ्न पाउँदा आफुलाई खुसी लागेको बताउनुभयो । त्यस्तै कक्षा ७ मा अध्ययनरत आदित्य पन्थीले पनि गुरुकुलमा बसेर पढ्न पाउँदा खुसी लागेको बताउनुभयो । लोपहुदै गएको संकृत भाषाको जगेर्ना गर्नको लागि आफु संस्कृत शिक्षा पढ्न आएको पन्थीको भनाइ रहेको छ ।
गुरुकुलका शिक्षक भानुभक्त पराजुलीले नगरपालिका, अन्य सामाजिक संघ संस्थाका साथै भक्तजनहरुको सहयोगमा सञ्चालन हुदै आएको बताउनुभयो । गल्याङ नगरपालिकाका नगरप्रमुख भुपराज अधिकारीले संस्कृतीको संरक्षण गर्ने उद्देश्य अनुसार गुरुकुललाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।
वालिङ नगरपालिका र पाल्पाको बगनास कालिका गाउँपालिकाले समेत बेलाबेलामा सहयोग गर्दै आएको गुरुकुलले जनाएको छ । २०४२ सालमा योगी नरहरी नाथले यहाँ गुरुकुल सञ्चालन गरेको र त्यीबेलाको समयमा केही समय सञ्चालन भएर बन्द भएको गुरुकुल पुन २०७६ सालदेखि सञ्चालनमा ल्याइएको गुरुकुलका शिक्षकहरुको भनाइ रहेको छ गुरुकुलमा संस्कृत संगै आधुनीक विषयहरुको समेत पठनपाठन हुने गरेकोले विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार

























