कोरोना संक्रमितलाई आयुर्वेदिक औषधी

हिमलाल पराजुली

स्याङ्जा,६ जेठ– कोरोना भाइरस (कोभिड १९) को संक्रमणका विरामीहरुलाई गाउँगाउँमा पुगेर आयुर्वेदिक औषधी बितरण गरिएको हो । स्थानीय पालिकाको समन्वयमा जिल्ला अयाुर्वेद स्वास्थ्य केन्द्रले संक्रमितहरुको लागि आयुर्वेदिक औषधी वितरण गर्दै आएको जिल्ला अयाुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले जनाएको छ ।

कोरोना संक्रमणका कारण होम आइसोलेसन र क्वारिन्टिनमा बस्दै आएका बिरामीहरुलाई सम्बन्ति ठाउँमा नै पुगरे रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी बितरण गर्दै आएको जिल्ला अयाुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.सुभद्रा कार्कीले बताउनुभयो । संक्रमित बिरामीहरुले नियमित योग, ब्याम र आयुर्वेदिक औषधीको सेवनका साथै खानपिनमा ध्यान दिएको अवस्थामा कोरोना जितन सकिने प्रमुख कार्कीले बताउनुभयो । कार्कीले भन्नुभयो, “अहिले कोरोना संक्रमणले महामारीको रुपम लिदैछ यस्तो अवस्थामा पनि संक्रमणको लक्षण देखिएका बिरामीहरुले परीक्षण गर्न नचाहानु र औषधीको सेवन नगरी घरमै बस्दा झनै जोखिम बढेर गएको छ । यो अवस्थामा जनचेतना फैलाउनुपर्ने आवश्यक्ता देखियो ।”
संक्रमित खुल्न नचाहादा परिवार संगै सिंगो समाजमा नै संक्रमण फैलिदै जादा यसलाई नियन्त्रण र उपचारमा समेत समस्या आउने प्रमुख कार्कीको बताउनुहुन्छ ।

पुतलीबजार नगरपालिका प्रमुख सीमा कुमारी क्षेत्रीले पालिकामा संक्रमितको संख्या बढ्दै जानथालेपछि नगरपालिका र जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रबाट चिकित्सक सहितको टोली नगरभित्रका वडाहरुमा पुगेर औषधी बितरण गर्नुका साथै आवश्यक परामर्श समेत दिदै आएको बताउनुभयो । यसैगरी अर्जुनचौपारी गाउँपालिकामा पनि संक्रमितको घर–घरमै पुगेर औषधी वितरण गरिएको गाउँपालिका उपाध्यक्ष चिनमाया गुरुङले बताउनुभयो ।

अर्जुनचौपारीमा रहेको आयुर्वेदिक कार्यालयका स्वास्थ्य कर्मीको टोली संगै गाउँगाउँमा पुगेर संक्रमितहरुलाई भेटी औषधी वितरण गरिएको उपाध्यक्ष गुरुङको भनाइ रहेको छ ।

कालीगण्डकी गाउँपालिकामा पनि संक्रमितहरुलाई पालिकामा रहेको नागरिक आरोग्य केन्द्र मार्फत गाउँपालिकाको समन्वयमा आयुर्वेदिक औषधी बितरण गर्नुका साथै आवश्यक परामर्श दिइएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । जिल्लाका हेकी पालिकाले आयुर्वेदिक औषधी तर्फ चासो देखाएपनि अधिकाशं पालिकाले भने आयुर्वेदिक तर्फ खासै चासो देखाएको पाइएकोछैन ।

आयुर्वेदिक औषधीले रोग संग लडन सक्ने प्रतिरोधात्मक क्षमता बढाउने र कुनै असर नगर्ने भएकाले चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाहामा यो औषधी सेवन गर्दा बिरामीलाई संक्रमणलाई जित्न सहयोग पुग्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.सुभद्रा कार्कीको भनाइ रहेको छ ।

जिल्लामा बुधबार सम्म कुल १ हजार २ सय ३६ जना संक्रमित भएकाछन् भने १ सय ६० जना निको भएर घर फर्किएकाछन् । मृत्यु हुनेहरुको संख्या ५५ पुगेको छ भने विभिन्न अस्पतालमा ३५ जना पुरुष र १८ महिला गरी ५३ जनाको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानारी अनुसार होम आइसोलेसनमा ४ सय ७७ महिला र ४ सय ५४ पुरुष रहेकाछन् भने आइसोलेसन केन्द्रमा ८ महिला र २९ पुरुषको उपचार भइरहेको छ । जिल्लामा ३ सय १७ आइसोलेसन बेड र १ सय ८९ अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal