कार्टुन चित्रले दिएका सन्देशहरुलाई कसरी ग्रहण गर्ने ?
खुमकान्त अर्याल
गएको अप्रिल महिनाको अन्त्य तिर फ्रान्सको प्रशिद्द व्यङ्रग्य पत्रिका चार्लीहेव्डोले भारतमा ३३ कोटी देवता भएता पनि एउटा देवताले पनि अक्सिजन वनाउन नसकेको हुदा हाल भारतमा कोरोना भाईरसका संक्रमित धेरै विरामीहरुले अस्पतालमा अक्सिजन नपाएर मरेको छन् भन्ने संकेत गर्ने एक व्यङ्रग्य चित्र प्रकाशन गरेको थियो ।
यसै गरि फेसवुक जस्तै चीनमा चल्ने वेवियो भन्ने सामाजिक सन्जालमा पोष्ट गरेको फोटो जसमा फोटोको दायाँ तर्फको आधाभागमा चीनले हाल स्पेसस्टेशन निर्माणको लागि अन्तरिक्षमा पठाउन लागेको ज्वाला सहित उड्रदै गरेको रकेटको दृश्य र त्यसको देव्रे तर्फ हाल भारतमा फैलिएको कोरोनाको संक्रमणलाई नियन्त्रणमा लिन नसकेको कारणबाट मरेका लासहरुलाई जलाउदै गरिएको चिताको ज्वाला धुँवा माथितिर उड्रदै गरेको दृश्य सहितको फोटो पनि निकै चर्चा र विवादमा रह्यो । यी दुवै पोष्टहरु भारतीय जनस्वास्थ्य व्यवस्थाका हालका कमजोरीहरुलाई उजागर गर्ने हिसावले आएको देखिन्छ तर हामी नेपालीहरु पनि भारतको छिमेकी भएको र कोभिड संक्रमण तथा स्वास्थ्य व्यवस्था भनौ वा अक्सिजनको अभावमा ज्यान गुमाउने संक्रमितहरु हामी कँहा पनि भए र समग्रमा भारतीयहरुको भन्दा हाम्रो अवस्था अझ फितलो रहेकोले यी दुवै पोष्टहरुले भारतलाई मात्र नभएर हाम्रो अवस्थालाई पनि प्रतिविम्विति गरेको छ भनेर वुझ्रन सकिन्छ ।
मरेका मानिसहरुका वीचमा उभिएका एक दुईवटा अक्सिजनको सिलेन्डर राखेर चार्लीहेव्डोले वनाएको यो कार्टुन चित्रले हिन्दु देवी देवताहरुको अपमान गरेको भनेर भारतमा धेरै हिन्दुहरुले विरोध गरिरहेका छन् । स्मरणहोस यही पत्रिकाले विगतमा पैगम्वर महमदको कार्टुन प्रकाशन गरेको थियो । पत्रिकाले हिन्दु आस्था माथि आक्रमण गरेको मानिएता पनि यसलाई हामीले शिक्षाको रुपमा पनि लिनु पर्ने हुन्छ । नेपाल भारत दुवै देशमा अहिले पनि अति आवस्यक खाध्यसुरक्षा,स्वास्थ्य शिक्षा तथा पुर्वाधार जस्ता विषयको लागि श्रोतको अभाव भैरहेको हुन्छ तर धर्मको नाममा मन्दिर मस्जिद गुम्वा निर्माण आदिमा हरेक वर्ष धेरै रकम खर्च गरिरहेका हुन्छौं । मन्दिर मस्जिद, गुम्वा गाँउमा एउटा मात्र भएपनि हामीले आस्था र श्रद्दा व्यक्त गर्न सकिन्छ तर हरेक २।४ घरको वीचमा वनाउने प्रतिस्पर्धा छ हामी कँहा ।
गत विगत वर्षहरुमा वनेका कतिपय मठ मन्दिरहरु स्याहार नपाएर वसीरहेका छन् ठाँउठाउँमा । यता खर्च गरिने श्रोतहरुलाई मानवीय सेवाको लागि अति आवस्यक रहेको हाम्रो विध्यालय निर्माणमा, अस्पताल वनाउन वा व्यवस्थापनमा, वा ससाना आविस्कार तथा सीप विकासका क्षेत्रमा खर्च गर्न सकिने हुन्छ । धार्मिक आस्था भावनात्मक कुरा भएकोले यसलाई भावनाबाटै जीवित राख्न सकिने हुन्छ । हाम्रो पहिलो प्रार्थमिकता, मानवीय आवश्यकताको परिपुर्ती र विकासका क्षेत्रमा हुनु पर्नेमा अझ भारतमा त धर्मको चर्चा परिचर्चा, साम्प्रदायिक वादविवाद, मन्दिर मस्जिदको निर्माण र कस्को संस्कृति उत्कृष्ट भन्ने विषय विवादमा आईरहने गरेको हुदा पनि उक्त पत्रिकाले हिन्दु देवी देवताको क्षमता वारे व्यङ्रग्य गरेको भनेर वुझ्रन सकिन्छ ।
भारतमा राष्ट्रिय सुरक्षाका लागि धेरै हातहतियार वनाउन किन्नका लागि खर्च गर्न सक्ने तर जनताको स्वास्थ्य यन्त्र व्यवस्थापनमा आधारभूत चीजको पनि व्यवस्था गर्न चुकेको भनेर व्यङग्य गरेको पनि हुन सक्छ पत्रिकाले । हुनत आधुनिक भारतले धर्म र आस्थाको संरक्षण गर्दै संगसंगै विज्ञान, प्रविधि, आविस्कार र अैध्योगिकिकरणमा पनि धेरै नै अगाडि वढीसकेको छ र हामीले त झन उनीहरु संग तुलना गर्ने अवस्था नै छैन । यही कोभिड संक्रमणको दोश्रो लहर अगाडि त भारतले छिमेकी मित्र देशहरुलाई कोभिडको भ्याक्सिन तथा सुरक्षा सामाग्रीहरु समेत पठाएर सहयोग गरिसकेको पनि थियो ।
यसैगरि मानवीय आवश्यक्ताका वस्तुको परिपुर्ती गरेर विज्ञान, प्रविधि र आविस्कारको माथिल्लो उचाँई हासील गर्न सक्षम भैसकेको छौं भनीे गर्व गर्न खोजिएको तर भारतले आफ्रना नागरिकलाई रोगबाट वचाउन सम्म नसकेको भन्ने सन्देश दिन खोजे जसरी पोष्ट भएको चीनको रकेट उडाईएको उक्त फोटो पनि विवाद र चर्चामा रह्यो, पछि सो फोटो हटाईएको थियो । एशियामा भएका विश्वकै २ वटा ठूला अर्थतन्त्र र विश्व परिवेशमा प्रतिस्पर्धी भूमिकामा रहेका यी दुई देशका वीच भर्खरै २। ४ महिना अगाडि सम्म सीमा विवादले चर्को रुप लिएको थियो । सायद यो फोटो पनि तात्कालीन वैमनस्यतालाई भुल्न नसकेर आएजस्तो छ ।
चीनले आफ्रनो विकास र आविस्कार संग तुलना गरेर भारतको हालको स्वास्थ्य अवस्थालाई होच्याए जस्तो गरि आएको यो फोटोले धेरै भारतीयहरुको मन खिन्न वनायो । अझ कोभिड संक्रमणको सुरुवात नै चीनबाट भएकोले उनीहरुको सुरुवाती लापर्वाहीले अहिले सन्सरले दुःख पाउनु परेको भन्ने वुझाई छ अहिले सम्म भारतमा र पश्चिमी मुलूकमा पनि । विकेन्ड अस्ट्रेलीया भन्ने अस्ट्रेलियाई पत्रिकाले त चीनमा सार्स भाईरसलाई कृतिम रुपमा विकसित गरेर जैविक हतियारको रुपमा प्रयोग गर्न सकिने वारे ५ वर्ष अगाडिनै चीनिया सैनिक वैज्ञानिक तथा स्वास्थ्य अधिकारीहरुले कार्यपत्र नै तैयार गरेका थिए भनेर प्रकाशन गर्र्यो । साइन्स जर्नल पत्रिकाका अनुसार कोरोना भाईरसको उत्पत्तिका वारे विश्वस्वास्थय संगठनको हालैको प्रतिवेदनलाई औला उठाउन थालेका छन, धेरै वैज्ञानिकहरुले भन्न थालेका छन कि भाईरस उत्पत्तिका वारे थप जाँच हुनुपर्दछ र सवै थ्योरी वारे अनुसन्धान हुनुपर्ने जिकिर गर्न छाडेका छैनन । यी चर्चाका विषयहरु के कस्ता छन भन्ने मात्र हो , अहिले यसले हाम्रो विपत्तिमा सघाउदैनन् । यो वेला सक्नेले आवस्यक सहयोग र हौसला प्रदान गर्नुपर्ने हुन्छ, ।
नेपाललाई चीनले केही औषधी तथा भ्याक्सिनहरु पठाएको भन्ने समाचारमा आईरहेको छ र भारतले पहिल्यै सहयोगस्वरुप भ्याक्सिन पठाएको थियो । जे होस यी कार्टुन चित्र तथा फोटोलाई हामीले हाम्रो अवस्थालाई सुधार गर्ने प्रेरणाको रुपमा लिनु पर्ने हुन्छ । हामीलाई थाहा छ चीनियाहरुले ५० वर्ष अगाडिका दिनहरुसम्म कस्ता मानवीय समस्यालाई समेत झेलेका थिए । हामीलाई थाहाछ फ्रान्स समेत पुरै युरोपले प्लेगको वेला,स्पेनिस भाईरसको वेला र लडाई र युद्दका वेला र गत वर्षकै कोरोनाको महामारीका वेला कति कष्ट व्यहोरेका थिए भन्ने । विपत्तिले भोलीका लागि धेरै कुरा सिकाउदछ उनीहरुले ती घटनाबाट सिके तव न उनीहरु अहिले सम्पन्न छन् अझ सम्पन्न हुने यात्रामा छन् ।
अहिलेको कोरोना विपत्तिबाट हामीले पनि केही सिकेका छौं, सवै मिलेर अहिले यसबाट पार पाउन सक्नेछौ, आशा गरौ भविस्यमा यो सिकाईले हामीलाई पनि उचाईमा लैजान प्रेरित गर्ने छ ।
स्रोतः विभिन्न एजेन्सीहरु
लेखकः वालिङ ६ स्याङ्जा निवासी हुनुहुन्छ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















