३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
वालिङ,१४ वैशाख- वालिङ बहुमुखी क्याम्पसमा ३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न भएकाे छ।
“सामुदायिक क्याम्पसका प्राध्यापकहरूलाई अनुसन्धान विधिमा आधारित क्षमता विकास तालिम” कार्यक्रम गरिएकाे हाे।
स्याङ्जा जिल्लाभरका सामुदायिक क्याम्पसमा अध्यापनरत प्राध्यापकहरूकाे अनुसन्धानकाे दायरालाई फराकिलाे र सुदृढ तुल्याउन याे कार्यक्रम काेशेढुङ्गा सावित हुनेछ भन्ने विश्वास लिइएकाे छ ।
वालिङ बहुमुखी क्याम्पसमा यहि वैशाख ११ गतेबाट सुरु भएकाे कार्यक्रममा जिल्लाका ७ सामुदायिक क्याम्पसका ३५ जना प्राध्यापकहरूकाे तालिममा सहभागिता रहेकाे थियाे।
कार्यक्रममा वालिङ बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष उदय श्रेष्ठ, पूर्वअध्यक्ष एवम् अनुसन्धान व्यवस्थापन उपसमितिका संयाेजक हुमकान्त काेइराला, का.मु. क्याम्पस प्रमुख विष्णु गैह्रे लगायतले बाेल्नु भएकाे थियाे। कार्यक्रममा बाेल्ने वक्ताहरूले नेपालकै जेठाे सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसले जिल्लामैँ पहिलाे पटक विश्वविद्यालय अनुदान आयाेगकाे क्यु.ए.ए कार्यक्रम प्राप्त गरेकाे र हाल दाेस्राे चरणका लागि काम गरिरहेकाले जिल्लामैँ सामुदायिक क्याम्पसहरूकाे अग्रणी संस्था भएकाले आगामी दिनमा अझै नेतृत्वदायी भूमिका निर्वाह गरी सबैलाई हातेमालाे गर्दै अगाडि बढ्नुपर्नेमा जाेड दिएका थिए।
अनुसन्धानमूलक कार्यक्रमले कक्षाकाेठा, शिक्षण विधि, पाठ्यक्रम, पाठ्यपुस्तकका विभिन्न मुद्दाहरूमा अनुसन्धान गर्ने हुटहुटी जगाएकाे वक्ताहरुकाे भनाइ थियाे।
क्षमता विकास कार्यक्रममा विषय विज्ञका रूपमा निलकण्ठ बहुमुखी क्याम्पस धादिङका डा. देवी प्रसाद अधिकारी, पृथ्वीनारायण क्याम्पस पाेखराका सुशील शर्मा भट्टराईले प्रशिक्षककाे भूमिका निर्वाह गर्नुभएकाे वालिङ बहुमुखी क्याम्पसका प्राध्यापक रुक्मागत अर्यालले जानकारी दिनुभयाे।

ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















