जिल्ला अस्पताल स्याङ्जमा अक्सिजन प्लान्ट निर्माणको लागि डेढ करोड बिनियोजन
स्याङ्जा,४ जेठ– जिल्ला अस्पताल स्याङ्जमा अक्सिजन प्लान्ट निर्माणको लागि डेढ करोड बिनियोजन गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालको पहलमा स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गर्न अर्थ मन्त्रालयबाट डेढ करोड विनियोजन भएको छ ।
कोभिड(१९ को दोस्रो लहरका कारण स्याङ्जामा कोरोना संक्रमित बिरामी बढे संगै मन्त्री अर्यालले अक्सिजनको अभावमा जिल्ला बासिले ज्यान गुमाउनुपर्ने अवस्था नओस भन्दै जिल्लामै अक्सिजन प्लान्ट निर्माणको लागि पहल गर्दै आउनुभएको थियो ।
मन्त्री अर्यालले अक्सिजन प्लान्टको सुनिश्चितताका लागि स्वास्थ्य मन्त्रालय तथा आवश्यक बजेटको व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग पहल गरे संगै अर्थ मन्त्रालयले स्याङ्जा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका निम्ती मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो ।
कोरोना महामारीले सबैतिर प्रभावित गरिरहेको अवस्थामा स्याङ्जाबासी जनताको जीवन सुरक्षाका निम्ती अक्सिजन प्लान्ट निर्माण गर्न सरकारले बजेट विनियोजन गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।
जनस्वास्थ्यको सुरक्षा नै अहिलेको अपरिहार्य अवस्यक्ता भएको बताउदै मन्त्री अर्यालले कोभिड १९ को दोस्रो लहरले जनताको जीवनमाथि नै चुनौति सिर्जना गरेको बेला प्राणवायु अक्सिजन अहिलेको आधारभूत आवश्यकता बनेको बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘अक्सिजनको अभावमा जनताले अकालमा ज्यान गुमाउन नपरोस भनेर जिल्ला अस्पतालको लागि अक्सिजन प्लान्ट निर्मार्णको लागि रकम विनियोजन गरिएको हो ।’ जिल्लामा अक्सिजन प्लान्ट निर्माण संगै जिल्ला बासिको स्वास्थ्य उपचारमा सहजता आउने मन्त्री अर्यालको विश्वास रहेको छ ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
























