चापाकोटमा दश बेडको अक्सिजन सहितको आइसोलेन
सुनिल न्यौपाने
चापाकोट,४ जेठ– चापाकोट नगरपालिकामा दश बेडको आइसोलेसन वर्ड तयार पारिएको छ । कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि नगरपालिकाले संक्रमतिको उपचारको लागि चापाकोट ८ क्वामीमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रमा तत्कालका लागि दश बेडको आइसोलेसन तयार पारिएको नगरप्रमुख शिवकुमारी गिरीले जानकारी दिनुभयो ।
कोरोना भाइरसको संक्रमणबाट बिरामी भएका नगरबासीको उपचारका लागि अक्सिजन सहितको आइसोलेसन निमार्ण गरिएको नगरप्रमुख गिरीले बताउनुभयो ।
नगरपालिकाले कोरोना संक्रमणको लक्षण देखिएका नगरबासीको निशुल्क परीक्षण गर्दै आएको र कोरोना संक्रमणको रोकथामका लागि सुरक्षाका मापदण्ड अपनाएर घरमा बस्न समेत नगरप्रमुख गिरीले आग्रह गर्नुभएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएर बेडको अभाव भएमा आवस्यक्ता अनुसार बेड थपदै जाने नगरपालिकाले जनाएको छ ।
कोरोना संक्रमणका कारण समस्यामा परेका नगरबासीहरुलाई सहज सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मीको टोली आवस्यक सामग्री सहित तयारी अवस्थामा रहेको नगर स्वास्थ्य प्रमुख बिन्दु कोईरालाले जानकारी दिनुभयो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार























