बोलबमद्वारा ग्रहौं प्राथमिक अस्पताललाई स्वास्थ्य सामग्री
वालिङ,२ जेठ– ग्रहौं प्राथमिक अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । वालिङमा रहेको बोलबम समिति र बोलबम बहुद्देश्यीय सहकारी संस्थाले संयुक्त रुपमा खरिद गरेको स्वास्थ्य सामग्री वालिङ नगरपालिका प्रमुख दिलीप प्रताप खाँणलाई आज बोलबम समितिका पदाधिकारीहरुले गह्रौं अस्पतालमा पुगेर सस्तान्तरण गरेकाहुन ।
कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेरियन्सका कारण संक्रमण बढ्दै गएपछि विभिन्न संघ संस्था एवं ब्याक्तिहरुले सहयोग गर्ने क्रम जारी रहेकै अवस्थामा बोलबम समिति र बोलबम बहुद्देश्यीय सहकारी संस्थाले संयुक्त रुपमा हयोग गरेको हो ।
नगरप्रमुख दिलीप प्रताप खाँणले अत्यावश्यक सामग्री उपलध गराएकोमा आभार व्याक्त गर्दै संकटको बेला प्राप्त भएको सहयोग सामग्रीले धेरै बिरामीको ज्यान बचाउन सकिने बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष केशव पराजुलीले रु ५५ हजार बराबरको अक्सिजन फलो मिटर, अक्सिमिटर, अक्सिसेट लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।
वालिङ नगरपालिका ८ नयाँ बजारमा कार्यालय रहेको बोलबम समिति र बोलबम बहुद्देश्यीय सहकारी संस्थाले बेला बेलामा सामाजिक क्षेत्रमा सहयोग पुर्याउदै आएको छ ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
























