स्याङ्जामा अक्सिजन पलान्ट निर्माण गरिने
स्याङ्जा,१ जेठ– स्याङ्जामा अक्सिजन पलान्ट निर्माण गरिनेभएको छ । कोरोना भाइरस (कोभिड १९) को दोस्रो भेसियन्सको संक्रमण बढ्दै जादा अक्सिजनको अभावमा देशै भर धेरै बिरामीले ज्यान गुमाउन बाध्यभएको घटना बिभिन्न संञ्चार माध्यममा सार्वजनीक भए संगै स्याङ्जामा अक्सिज पलान्ट निर्माण गर्ने बारेमा छलफल गरिएको हो ।
शुक्रबार जिल्ला समन्वय समितिको पहलमा जिल्लाका सबै स्थानीय तहका प्रमुखहरु प्रसाशान सुरक्षा निकायका साथै छलफलमा जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सरोकार वालाको सहभागितामा भएको भर्चुअल छलफलमा सबै पालिकाका प्रमुखहरु अक्सिजन पलान्टको स्थापना गर्ने विषयमा सहमत भएका छन् ।
अहिलेको कोरोना संक्रमणको महामारीमा अक्सिजन अति आवश्यक देखिएकोले यो विषयमा छलफल गरिएको सबै पालिकाका प्रम्खहरु सहमत भएको जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दासले बताउनुभयो ।
गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहन प्रसाद रेग्मीको प्रमुख अतिथ्यतामा भएको छलफलमा अक्सिजन पलान्ट निर्माणको लागि तीन सदसिय समिति समेत गठन गरिएको छ । समितिमा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप कुमार बगाले, भीरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनाल र फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्यमक सुवेखी सदस्य रहेको समिति गठन गरिएको जिल्ला समन्वय समिति स्रोतले जनाएको छ । समितिले अक्सिजन पलान्टको निर्माणका लागि अवश्यक प्रकृयाका साथै लागतका बारेमा अध्ययन लगायतका काम गर्ने छ ।
छलफलमा अक्सिजन पलान्टको निर्माणका साथै अक्सिजन सहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने, कोरोना संक्रमणबाट मृत्यु भएका ब्याक्तिको शवको ब्यवस्थापनका लागि परिवारको चाहाना अनुसार परिविारले चाहेको अवस्थामा जलाउने विषयका साथै अक्सिजन सिलिण्डरको एउटा युनिट निर्माण गरेर अस्पतालमा पाइपलाइनको माध्यामबाट धेरैजन बिरामीलाई अक्सिजन दिन सकिने विषका बारेमा समेत छलफल भएको छ ।
अक्सिजन पलान्टको निर्माणको लागि पहिलो चरणमा निजी क्षेत्रलाई अवहान गरिएको र निजी क्षेत्रले चाहाना नगरेमा सबै पालिका मिलेर प्रदेश र संघ सरकार संग समन्वय गरेर पलान्टको निर्माण गरिने फेदीखोला गाउँपालिकाका अध्यक्ष एवं समितिका सदस्य सुवेदीले बताउनुभयो । केही दिन पहिला देखिनै अध्यक्ष सुवेदीले जिल्लामा अक्सिजन पलान्टको निर्माणको लागि पहल समेत गर्दै आउनुभएको थियो ।
अक्सिन पलान्टको निर्माणका लागि जिल्ला समन्वय समितिले पनि सहयोग गर्ने समन्वय समितिका अध्यक्ष सीताकुमारी सुन्दासले बताउनुभयो । सुन्दासले भन्नुभयो, “अहिले अक्सिजनको चरम अभावले समस्या भइरहेको अवस्थामा पलान्टको निमार्ण गर्न सकिएमा धेरै नागरिकको ज्यान बचाउन सकिन्छ । त्यसैले यो अभियानमा सबैले सहयोग गर्नुहुन्छ भन्ने लागेको छ ।”
जिल्लामा कोरोना संक्रमण तिब्र रुपमा फैलीनाको कारण जनचेतनाको समेत कमि भएको देखिएको छ । कोरोनाको संक्रमण देखिएकाहरु पनि कोरोना संक्रमण भएको भनेर बाहिर देखिन नचाहाने र सर्तकता नअपनाउदा संक्रमण परिवार समेतमा फैलीन जादा संक्रमण झन बढ्दै गएको छ । भने धार्मीक एवं बैभाहिक कार्यहरुले समेत कोरोनाको जोखिम बढ्दै गएको छ । यो संक्रमणबाट बच्न राज्यले उपचारमा आवश्यक पुर्वाधारको ब्यवस्था गर्नुका साथै नागरिक स्तरमा समेत चेतनाका विकास हुन आवश्यक देखिन्छ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार























