आइसोलेसनलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

वालिङ,१ जेठ–वालिङ नगरपालिकाले निर्माण गरेको आइसोलेसनका लागि अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि बिभिन्न ब्याक्तिहरुबाट सहयोग प्राप्त भएको छ ।

विश्वब्यापी महामारीकोरुपमा फैलिरहेको कोभिड १९ का नयाँ भेरियन्टसका बिरामीहरुको उपचारमा प्रयोग गर्नकालागि गह्रौं प्राथमिक अस्पतालमा रहेको आइसोलेसनलाई दाताहरुले अक्सिजन कन्सन्ट्रेटर खरिद गर्नकालागि नगरपालिकामा उपस्थित भएर नगरप्रमुख दिलीपप्रताप खाँणलाई सहयोग रकम हस्तान्तरण गरेकाहुन् ।

वालिङ ८ ब्याङतुङ निवासी स्यानीदेवी सुबेदी, गोपालधन सुबेदी, टिकाराम सुबेदी र डाक्टर बालकृष्ण सुबेदीले दुई थान अक्सिजन खरिदका लागि रु. दुई लाख १३ हजार उपलब्ध गराउनुभएको हो । उक्त चेक गोपालधन सुबेदीले नगर प्रमुख खाँणलाई आज हस्तान्तरण गर्नुभएको हो । त्यस्तै वालिङ ८ का वडा सदस्य एवं ब्यवसायी चेतनारायण श्रेष्ठले नगर प्रमुख खाँणलाई एक थान अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि रु. एकलाख ६ हजार हस्तान्तरण गर्नुभएको छ । त्यस्तै गरी वालिङ १० बर्तुङ निवासी डोलराज सुबेदीले रु २० हजार सहयोग उपलब्ध गराउनुभएको हो ।

सहयोग रकम बुझ्नुहुँदै नगर प्रमुख खाँणले विपदका समयमा नागरिकको जीवन रक्षाका लागि अत्यावश्यक पर्ने स्वास्थ्य उपकरण खरिदका लागि नगद उपलब्ध गराएर ठूलो गुन लगाएको भन्दै आभार ब्यक्त गर्नुभयो । उहाँले प्राप्त रकमलाई बिरामीहरुमा अक्सिजनको कमि हुन नदिनका लागि कन्सन्ट्रेटर मेसिन खरिदका लागि प्रयोग गरिने बताउनुभयो ।

नगरपालिकाले इच्छुक ब्यक्ति तथा संघ संस्थाहरुले स्वास्थ्यसम्बन्धी सामग्री तथा उपकरणहरु उपलब्ध गराउन आब्हान गरेसँगै नगरपालिकालाई विभिन्न संघ संस्था तथा ब्यक्तिहरुमार्फत सहयोग आउनेक्रम जारी रहेको छ । यसअघि पनि वालिङस्थित सहकारी तथा अन्य संस्थाको तर्फबाट १८ थान शैया सहयोगस्वरुप उपलब्ध गराइएको थियो ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal