आमाको माया

कल्पना भुसाल

बाहिरको परिस्थितिले थिचेपछी कोठामा बस्दा ,

बस्दा थकित मन एकछिन फ्रेस हुन्छु लागेर कौसीतिर निस्केकी थिएँ !

कौसीमा केहि अन्नका दानाहरु कसैले राखिदिएको रहेछ !

त्यहाँ एउटा परेवा आएर बस्यो !

ति दानाहरु टिप्दै यताउता हिंड्न उसलाई निकै गाह्राे भएको प्रष्ट देखिएको थियो !

जसकारण म त्यसलाई अझ नियालेर हेरेँ !

मेरो नजर उसको खुट्टामा पर्यो जहाँ ठुलो ,भर्खर ओभाएजस्तो घाउ थियो !

मनमनै सोचेँ, बिचरा ! कुन पापीले यस्तो बनाइदियो होला ?

त्यत्तिकैमा त्यो परेवा उडेर पल्लो घरको कौसीको साइडमा रहेको गुँडमा गएर बस्यो !

म यताबाट त्यही दृश्यलाई नियालिरहेकी थिएँ! त्यहाँ परेवाका बचेराहरु रहेछन् ,

उ पुग्दा,उनिहरु आँ ,आँ गर्दै चिच्याइरहेका थिएँ !

त्यसपछि उसले अघि टिपेका आफ्नो मुखका दानाहरु एक,

एक गरेर उनिहरुलाई ख्वाइदियो !

अझै आँ,आँ गर्दै थिएँ उनिहरुलाई मात्र पेट भर्ने चिन्ता छ

अँह थाहा छैन ति आमाको दुखाइ …..

तर तिनै आमा उनीहरु उड्न नसक्दै त्यो चोट लाग्दै गर्दा नरहेकी हुँदिहुन त ?

के हुन्थ्यो होला अवस्था ……

जुन दृश्य हेर्दाहेर्दै म त्यहीँ गएर ठाेक्किएँ नमज्जासङ्ग दुखायो पनि ……..

पराकम्पन मात्र होइन भुकम्प नै गयो हृदयमा र टुक्राटुक्रा भयो दिल .. ……

झस्काइदियो त्यो बालापन जतिबेला मेरि आमाले मेलापात जाँदा होस्

घाँसदाउरा गर्न जाँदा होस् वा उनलाई खानको लागि कसैले दिएको खानेकुरा होस्

आफुले नखाइ,नखाइ भेटे जतिका खानेकुरा पटुकाभरी लिएर आउने गर्थिन !

हामी तछाड,मछाड गर्थ्यौ त्यो खानेकुराको लागि अझ भन्थ्यौ अलि धेरै ल्याएको भए ……

अँह त्यतिबेला हामी सम्झिन सम्म सकेनौं आमालाई पनि खान मन लाग्ला?

उनलाई पनि भोक लाग्ला ? लाग्थ्यो, बरु उनलाई खानै मन लाग्दैन !

उनलाई भोक नै लाग्दैन !! सधैं आफुले पुराना च्यातिएका,

टालेका बस्त्र र चुटिएको चप्पलको तुनालाई कहिले लुगाको धजाले त,

कहिले तेलको प्लास्टिकले बलियो हुन्छ भनेर त्यसले गाँसेर लगाउने गर्थिन !

हामीलाई बेला,बेला नयाँ लुगा ,नयाँ चप्पल किनेर ल्याइदिएकै हुन्थिन ,

लाग्थ्यो मेरि आमालाई नयाँ लुगा, नयाँ चप्पल लगाउन मनै पर्दैन !

तर सोचिएन हाम्रै लागी सन्तानलाई डस्ला भनेर आफ्ना रहरका मुनाहरु निमोठेर पलाउनै दिएकी छैनन !!

दिउँसभर मेलापात , घाँसदाउराले फुर्सद नै नपाएपछि रातभर घर सफा गर्दा र

हाम्रै लुगा धुँदा आएको आवाजले निद्रा लागेन भन्दै कराउने

हामी तर सोचेनौ तिम्रो पनि हाम्रो जस्तै शरिर हो निद्रा लाग्ला थकाइ लाग्ला

सन्तानसङ्गै बस्ने रमाउने रहर लाग्ला !!

कहिल्यै स्कुल नदेखेकी तिमी तर सजिलै पढ्न सक्थ्यौ हाम्रा आँखा हेरेर

हाम्रो मनस्थिति ,परिस्थिति र अवस्थिति !!

रोग लाग्दा डाक्डर बन्थ्यौ पढ्न बस्दा शिक्षक बन्थ्यौ कहिले सङ्गै खेल्ने साथी बन्थ्यौ

हामी अबुझ नै थियौ बन्न न तिमी हाम्रो लागि सबै, सबै भन्दा माथी बन्थ्यौ !

खाना खाने बेला यो मन परेन , त्यो मन परेन भन्दै कहिले नखाइदिने त

कहिले ह्वात्तै फालिदिए र सताइरहने म ,

लाग्थ्यो त्यो खानेकुरा खोलाको पानी जसरी आउछ हामीले उभाइदिए पुग्छ !

मन लाग्दा खाइदिए पुग्छ नत्र मिल्क्याइदिए हुन्छ

तर सोचिएन एक छाक खानेकुराको लागी कति र कसरी जुध्नुपर्छ तिमी !

तर बल्ल आज बुझ्दै छु आमा!

तिम्रो सहनशीलता तिम्रो महानता अचेल आफ्नै भोगाइले सिकाएको छ

एक,एक दाना चामलको महत्व एक ,एक घुट्की पानीको महत्व र

एक,एक पलहरुको महत्त्व !!

मेरो जिद्दीपनको बाछिटाले कति रुझेकी छौ कति कठ्याङि्ग्रएकी छौ ,

त्यो पनि महसुस गर्न सक्छु तर बिश्वास गर्नु म अवस्य एकदिन न्यानो बनेर आउनेछु !

तिम्रो चाउरिपरेको अनुहारमा खुशीको किरण बनेर उदाउनेछु !!

कुनै पल आफुलाई नै जलाएर सन्तानलाई उज्यालो दिने

ति आमा जल्दै गरेको सन्तानले नदेखिने रहेछ

बरु उज्यालो कम भयो भनेर उल्टो प्रतिवाद गर्न सम्म पछि नपरिने रहेछ !

तर जब त्यो परिस्थिति आफु माथी खनिन्छ अनि बल्ल आमाको महत्व ,

उनको भोगाइ र उनका क्रियाकलाप आँखा वरिपरि नाँच्ने रहेछन !!

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal