गल्याङ नगर अस्पतालमा अक्सिजन सहितको ३० बेड
वालिङ,२७ वैशाख– गल्याङ नगरपालिकाले गल्याङ ३ मा रहेको नगर अस्पतालमा ९ ओटा अक्सिजन सिलिण्डर सहितको ३० बेडको आइसोलेसन वार्ड निर्माण गरेको छ । नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा कोरोना भाइरस (कोभिड १९) का विरामीका लागि अक्सिजन सहितको आइसोलेसन वार्डको स्थापना गरिएको हो ।
अस्पतालले अहिले तीन जना चिकित्सक सहितको टोलीले विरामीलाई सेवा दिइरहेको छ । हाल अस्पतालमा कोरोना भाइरस को परीक्षण गरिए पनि नतिजा पोजिटिभ देखिएका विरामीहरु होम आइसोलेसनमा बस्दै आएका छन् । गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले अप्ठ्यारो परेका विरामीहरुका लागि आइसोलेसन वार्ड स्थापना गरिएको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भेण्टिलेटरको आवश्यकता पर्ने विरामीहरुका लागि अक्सिजन सहित एम्बुलेन्समा पोखरा वा बुटवल लैजानका लागि पनि व्यवस्था गरिएको बताउनुभयो । उहाँले हालसम्म कोरोना परीक्षण गरिएका व्यक्तिहरुमा समस्या नआएकाले स्वइच्छाले होम आइसोलेसनमा बसिरहेको र कुनै समस्या परेमा सम्पर्क गर्न भनिएको बताउनुभयो । होम आइसोलेसनमा बसिरहेकाहरुलाई पनि औषधी सहितका सेवाहरु दिइरहेको र चिकित्सकहरुले निरन्तर अनुगमन बताउनुभयो ।
ताजा
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार























