आज हरिबोधिनी एकादशी
वालिङ,४मङ्सिर- आज हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । हरिबाेधनी एकादशीलाई ठुली एकादशी पनि भन्ने गरिन्छ।
आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जागा हुने शास्त्रीय मान्यता छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घर घरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधिनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेष रूपमा मनाउने गरिन्छ । यस दिन सनातन धर्मावलम्बीले गंगा एवं नदिहरुमा गएर स्नान गरेर पूजाआजा गर्नुका साथै कन्दमूल र फलफूल खाएर उपबास बस्ने चलन छ।
हरिशयनी एकादशीका दिन घर घरमा तुलसी रोप्ने गरिन्छ । त्यही तुलसी रोपेको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर हरिबोधिनी एकादशीमा विवाह महोत्सव गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
आज स्याङ्जा र पाल्पाकाे संगम स्थल राम्दी स्याङ्जा, पर्वत र गुल्मीकाे संगम स्थल सेतिबेणी लगायतका धार्मिक स्थलहरुमा भक्तजनहरुकाे भिड लाग्ने गर्छ।
ताजा
आज हरिबोधिनी एकादशी
२०८३ मंसिर ४ गते, शुक्रबार
आज हरिबोधिनी एकादशी
२०८३ मंसिर ४ गते, शुक्रबार
आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा
२०८३ कार्तिक २५ गते, बुधबार
तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह
२०८३ कार्तिक २० गते, शुक्रबार
राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद
२०८३ कार्तिक २० गते, शुक्रबार
तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण
२०८३ कार्तिक १९ गते, बिहीबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ६ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ४ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ४ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक २ गते, सोमबार





















