आज दशैँकाे टीका
वालिङ,४ कात्तिक- आज नेपालीहरूको महान् धार्मिक तथा सांस्कृतिक पर्व विजया दशमीकाे मुख्य दिन हाे । असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको तथा आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी नेपाली समाजको मौलिक धार्मिक एवं सांस्कृतिक पहिचानसँग अभिन्न रूपमा जोडिएको पर्व हो ।
दशैँमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका, जमरा तथा मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ । धार्मिक आस्था, पारिवारिक आत्मीयता र सामाजिक सद्भावलाई एउटै सूत्रमा जोड्ने भएकाले विजयादशमीलाई नेपाली समाजमा विशेष महत्त्वका साथ मनाइन्छ ।
विजयादशमी आश्विन शुक्ल पक्षको दशमी तिथिमा मनाइने महत्त्वपूर्ण धार्मिक पर्व हो । शारदीय नवरात्रका नौ दिनसम्म देवी दुर्गाका विभिन्न स्वरूपको विधिपूर्वक पूजा–आराधना गरी दशमीका दिन विजय उत्सव मनाउने परम्परा प्राचीनकालदेखि प्रचलित छ ।
यस वर्ष २०८३ साल कात्तिक ४ गते बुधबार अर्थात् आज बिहान १० बजेर २६ मिनेटलाई विजयादशमीको टीका लगाउने उत्तम साइत रहेको छ ।
ताजा
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार





















