प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
काठमाडौँ,३१ असोज- प्रधानमन्त्री वालेन्द्र शाहले बडादसैँका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र आरोग्यको शुभकामना व्यक्त गर्नुभएको छ ।
बडादसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले दसैँले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्दै हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् भन्ने कामना गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले दसैँलाई धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्त्व बोकेको एकता, आत्मीयता र पारिवारिक मिलनको पर्वका रूपमा उल्लेख गर्नुभएको छ । ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्पराले सानालाई माया र ठूलालाई आदर गर्ने नेपाली मौलिक संस्कारलाई प्रतिबिम्बित गर्ने उहाँको भनाइ छ ।
विभिन्न सङ्कटपूर्ण परिस्थितिमा पनि नेपालीले धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता र मौलिकताको जगेर्ना गर्दै चाडपर्व मनाउँदै आएको उल्लेख गर्दै उहाँले यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका स्थानमा भएका विपद्का घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको जानकारीसमेत दिनुभएको छ ।
दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्याख्या गर्दै उहाँले सबैलाई सत्यको बाटोमा हिँड्न र आफूभित्रका नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता मानवीय दुःखका कारणमाथि विजय प्राप्त गर्नुपर्नेमा जोड दिँदै उहाँले सामाजिक रूपमा खराब प्रवृत्तिको अन्त्य र आत्मिक रूपमा सकारात्मक सोचको विकास हुनुपर्ने सन्देश दिनुभएको छ ।
शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले रोजगारी तथा आर्थिक अवसरको अभावमा विदेशिन बाध्य नेपालीको अवस्थाप्रति पनि चिन्ता व्यक्त गर्नुभएको छ । चाडपर्वका अवसरमा परिवारसँग भेटघाट गर्न चाहँदाचाहँदै पनि घर फर्कन नपाउने नेपालीको नियति बदल्न सबैको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।
आर्थिक अभावका कारण दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने उल्लेख गर्दै उहाँले देशको समृद्धि, नागरिकको सुखद जीविका र सुशासनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
अन्त्यमा उहाँले माता दुर्गाभवानीको कृपा सबैमा रहिरहोस् भन्ने कामना गर्दै सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गर्नुभएको छ ।
ताजा
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार





















