बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

वालिङ,२५असाेज- बिरुवा गाउँपालिकामा सञ्चालित चारदिने निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु शल्यक्रिया शिविरमा ९११ जनाको आँखा परीक्षण गरिएको छ ।

परीक्षणका क्रममा २१७ जनामा मोतिबिन्दु देखिएकामा १२४ जनाको निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाले जनाएको छ। तथ्याङ्कमा वैशाखमा सञ्चालित शिविरमा पहिचान भएकाहरु समेत समावेश गरिएको हो ।

गाउँपालिकाको आयोजना, बिएम फाउण्डेशनको सहआयोजना तथा दृष्टिनेत्र प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा असोज २१ देखि २४ गतेसम्म पालिकाकाे विभिन्न वडामा शिविर सञ्चालन गरिएको हो । 

शिविरमा मोतिबिन्दु देखिएका अन्य बिरामी विभिन्न कारणले शल्यक्रियामा उपस्थित हुन नसकेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

शिविर अन्तर्गत असोज २१ गते वडा नं. ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयमा १२२ जनाको आँखा परीक्षण गर्दा ५३ जनामा मोतिबिन्दु देखिएको थियो । सोही दिन वडा नं. ८ स्थित भीरकोट स्वास्थ्य चौकीमा १५३ जनाको परीक्षण गर्दा २४ जनामा मोतिबिन्दु पहिचान भएको थियो । पहिलो दिन दुवै वडामा गरी २७५ जनाले सेवा लिएका थिए ।

त्यसैगरी, असोज २२ गते वडा नं. २ को अर्चले स्वास्थ्य चौकीमा १६१ जनाको आँखा परीक्षण गर्दा २३ जनामा मोतिबिन्दु देखिएको थियो । वडा नं. ५ को किचनास स्वास्थ्य चौकीमा १३५ जनाको परीक्षण गर्दा ३२ जनामा मोतिबिन्दु पहिचान भएको थियो ।

शिविरको बाँकी कार्यक्रम वडा नं. ६ स्थित बिरुवा आधारभूत अस्पताल, चिन्नेबासमा सञ्चालन गरिएको थियो । उक्त अस्पतालमा असोज २३ र २४ गते मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । यसअघि वैशाख महिनामा गाउँपालिकाका वडा नं. ३, ४ र ६ मा सञ्चालित निःशुल्क आँखा शिविरमा मोतिबिन्दु देखिएका ४० जनाको समेत यसै अवसरमा निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिकाले जनाएको छ ।

शल्यक्रिया गर्नुपर्ने बिरामीलाई अस्पतालसम्म आउन र उपचारपछि घर फर्कन सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले यातायातको व्यवस्था गरेको थियो ।

आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि टाढा जानुपर्ने नागरिकलाई स्थानीय स्तरमै सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले बताउनुभयाे । 

आँखा जाँच तथा मोतिविन्दु अपरेशन गर्न बिरुवादेखि पोखरा जाँदा आउँदा एकजनाको करिव ४० हजार खर्च हुने ८ नम्वर वडाका ७० वर्षीय बीरेन्द्र केसी बताउँछन् । यो हिसाबले १२४ जनाको निःशुल्क आँखा जाँच तथा मोतिविन्दु अपरेशनले पालिकाबासीको करिव ५० लाख बचत भएको अध्यक्ष कुँवरको भनाइ छ । 

स्थानीय स्तरमै निःशुल्क परीक्षण र शल्यक्रियाको सुविधा उपलब्ध हुँदा आर्थिक रूपमा कमजोर नागरिकलाई राहत मिल्नुका साथै समयमै उपचार पाउने अवसरसमेत प्राप्त भएको छ।

ताजा

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि

२०८३ आश्विन २२ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal