प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
तस्विर: जिल्ला प्रहरी कार्यालय/स्याङ्जा
स्याङ्जा,२३ असोज- ७१औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजनामा भएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको प्राविधिक सहयोगमा शुक्रबार जिल्ला प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका सभापति दिनेश अर्यालले जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो।
कार्यक्रममा २१ जना प्रहरी कर्मचारी र एक जना सर्वसाधारणले रक्तदान गरेका थिए।
रक्तदानमा सहभागीहरूलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राठौरले धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो।
आकस्मिक अवस्थामा आवश्यक पर्ने रगतको सहज उपलब्धता सुनिश्चित गर्दै मानव जीवनको रक्षा गर्ने र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयो।
रक्तदानले आवश्यक परेको समयमा रगतको अभाव कम गर्न सहयोग पुग्नुका साथै रक्तदानप्रति जनचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ।

ताजा
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु
२०८३ आश्विन २३ गते, शुक्रबार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई दशौं मानार्थ विद्यावारिधि
२०८३ आश्विन २२ गते, बिहीबार
काँग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान
२०८३ आश्विन २१ गते, बुधबार
वालिङमा बजार अनुगमन : २६ हजार बढीका म्याद गुज्रेका खाद्यवस्तु नष्ट
२०८३ आश्विन २१ गते, बुधबार
पुतलीबजारमा बजार अनुगमन
२०८३ आश्विन २० गते, मंगलवार
नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी
२०८३ आश्विन १८ गते, आईतवार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार





















