“अन्तरिक्षको आँगन”काे गृह विमोचन

वालिङ,१७ असाेज- साहित्यकार तथा शिक्षक अनन्त अर्यालको निर्बन्ध सङ्ग्रह ‘अन्तरिक्षको आँगन’काे वालिङमा गृह विमोचन तथा विमर्श गरिएको छ ।

वालिङ बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा साहित्यकार विश्वप्रेम अधिकारीले कृतिको विमोचन गर्नुभएकाे हाे ।

तीन दशकदेखि शिक्षण क्षेत्रमा रहेर सेवा गर्दै आँउनुभएका अर्याल शिक्षण कार्य संगै साहित्यका क्षेत्रका समेत सक्रिय हुनुहुन्छ।

“अन्तरिक्षको आँगन”अर्यालको पाँचौँ कृति हो । उहाँले यस अघि ‘म आलोच्य छु’, ‘अनन्त यात्रा’ र ‘कालापत्थर’ कविता सङ्ग्रह तथा ‘अलिखित पाना’ कथा सङ्ग्रह प्रकाशन गरिसक्नुभएकाे छ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार विश्वप्रेम अधिकारीले साहित्य समाजको अनुभूति, समयको दस्तावेज र मानवीय संवेदनाको अभिव्यक्ति भएको बताउनुभएकाे थियाे । अधिकारीले साहित्यकारले आफू बाँचेको समय, समाज र परिवेशलाई सिर्जना मार्फत अभिलेख गर्ने भन्दै ‘अन्तरिक्षको आँगन’ मा लेखकका लामो समयदेखिका अनुभव र सिर्जनात्मक चिन्तन प्रतिबिम्बित भएको उल्लेख गर्नुभयाे। उहाँले साहित्य सिर्जनामा निरन्तरता र अध्ययन आवश्यक रहेको भन्दै अर्यालको नयाँ कृतिले नेपाली साहित्यको क्षेत्रमा थप योगदान पुर्याउने बताउनुभयाे।

कार्यक्रममा चक्रबहादुर पराजुली,यामबहादुर कुँवर,ध्रुव शर्मा पङ्गेनी र दीपक लम्साल लगायतले ‘अन्तरिक्षको आँगन’ माथि टिप्पणी तथा चर्चा गर्नुभएकाे थियाे। वक्ताहरूले कृतिले लेखकको जीवन अनुभव, सामाजिक परिवेश र साहित्यिक चेतनालाई विभिन्न कोणबाट प्रस्तुत गरेको चर्चा गरेका थिए । कार्यक्रममा कवि एवं साहित्यकारहरुले आ-आफ्ना रचना वाचचन गरेका थिए । 

वालिङ नगरपालिका–१४ अमलडाँडा निवासी लेखक अर्याल शिक्षण पेसासँगै साहित्य सिर्जनामा सक्रिय रहँदै आउनुभएकाे छ।

ताजा

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

२०८३ कार्तिक २५ गते, बुधबार

आज भाइटीका, उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा

२०८३ कार्तिक २५ गते, बुधबार

तिहार पर्वलाई मर्यादित बनाउन स्याङ्जा प्रशासनको आग्रह

२०८३ कार्तिक २० गते, शुक्रबार

राम्दीमा बस र स्कुटरबाट १० हजार बढी पिस पटका बरामद

२०८३ कार्तिक २० गते, शुक्रबार

तीन दशकको पीडा र एक्लोपन पछि जमुनाले पाइन् मानवसेवा आश्रमकाे संरक्षण

२०८३ कार्तिक १९ गते, बिहीबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ६ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ४ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ४ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक २ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ आश्विन ३१ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ आश्विन ३१ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal