खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

वालिङ,२९ साउन– स्याङ्जामा खोलाले मोटरसाइकलसहित बगाउँदा एक युवकको मृत्यु भएको छ।

पुतलीबजार नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम मगरलाई पुतलीबजार नगरपालिका–१ स्थित अरौदीखोलाले मोटरसाइकलसहित बिहीबार बगाएको थियो। 

बिहीबार ग.११ प. ८१८३ नम्बरको मोटरसाइकलसहित खोलाले बगाएर बेपत्ता भएका मगरलाई खोजी गर्ने क्रममा सिंहसार्दुल गुल्म स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र सशस्त्र प्रहरी बल नेपाल ३० नं. गुल्म वालिङबाट खटिएको टोलीले आज दिउँसो पुतलीबजार नगरपालिका–१३ गैरीजागर स्थित आँधीखोलामा मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभयाे।

सुरक्षाकर्मीको टोलीले शव खोलाबाट बाहिर निकालेर आवश्यक मुचुल्का गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

ताजा

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

नेपाली काँङ्ग्रेस स्याङ्जा दुईकाे सभापतिमा खनाल विजयी

२०८३ आश्विन १८ गते, आईतवार

“अन्तरिक्षको आँगन”काे गृह विमोचन

२०८३ आश्विन १७ गते, शनिबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal