सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
वालिङ,३२ असार- स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले नियन्त्रित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
गए राति अस्थायी प्रहरी चौकी राम्दीबाट प्रहरी सहायक निरीक्षक रोशनलाल पाण्डेको नेतृत्वमा खटिएको टोलीले बुटवलबाट गल्याङतर्फ आउँदै गरेको ग.२ ख. १९५२ नम्बरको यात्रुवाहक बस जाँच गर्ने क्रममा बसमा सवार दुई जनाको साथबाट नियन्त्रित लागूऔषध बरामद गरेको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–५ बस्ने ४० वर्षीय नरेन्द्र आचार्य र सोही स्थानका ३४ वर्षीय सुरज प्याकुरेल रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ।
प्रहरीले उनीहरूको साथबाट बुप्रेनोर्फिन (Buprenorphine) ३१ एम्पुल, फेनरगन (Phenergan) ३० एम्पुल, डाइजेपाम (Diazepam) २९ एम्पुल, एक थान सिरिञ्ज तथा दुई थान मोबाइल बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि स्याङ्जा जिल्ला अदालतबाट आज सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रेमेश दत्त अवस्थीले जनकारी दिनुभयाे।
ताजा
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार





















