सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
स्याङ्जाका तीन महिलाले सुन्तलाको बोक्राबाट फेस प्याक उत्पादन सुरु गरे। सुन्तला, तितेपाती, एलोभेरा र निमबाट हर्बल साबुन उत्पादन। फोहोर व्यवस्थापन, स्थानीय उद्यम र रोजगारी सिर्जनामा नयाँ सम्भावना।
हिमलाल पराजुली
वालिङ,२० असार- सुन्तलाको राजधानीका रूपमा परिचित स्याङ्जामा पहिलो पटक सुन्तलाको बोक्रालाई प्रशोधन गरी फेस प्याक तथा स्थानीय जडीबुटीबाट हर्बल साबुन उत्पादन सुरु गरिएको छ। फल खाइसकेपछि त्यसै फालिने सुन्तलाको बोक्रालाई मूल्यवर्द्धन गरी सौन्दर्य सामग्री उत्पादन गर्न थालेपछि जिल्लामा स्थानीय स्रोतको उपयोग, महिला उद्यमशीलता र स्वदेशी ब्रान्ड विकासबारे नयाँ बहस सुरु भएको छ।


पुतलीबजार नगरपालिका–३ बाड्खोलास्थित अन्जु कस्मेटिक एण्ड ब्युटी होम मार्फत अन्जु शर्मा रेग्मी, मीरा मल्ल र सर्मिला कुँवरको संयुक्त पहलमा फेस प्याक तथा सुन्तला, तितेपाती, एलोभेरा र निमका पातबाट हर्बल नुहाउने साबुन उत्पादन गरिएको हो।
सौन्दर्य व्यवसायमा संलग्न अन्जु शर्मा रेग्मीले प्रयोग हुने सामग्री सकेसम्म स्थानीय स्तरमै उत्पादन गर्ने उद्देश्यका साथ यो उद्यम सुरु गरिएको बताउनुभयो। प्रारम्भिक चरणमा धेरै चुनौती भए पनि अहिले उत्पादन व्यवस्थित बन्दै गएको उहाँको भनाइ छ।


“सुरुमा धेरै दुःख पायौँ, अहिले उत्पादनलाई लयमा ल्याएका छौँ। अब यसलाई स्याङ्जाको मात्र होइन, नेपालकै पहिचान बनाउने गरी अघि बढ्ने लक्ष्य छ,” उहाँले भन्नुभयो।
सूर्योदय क्लब बाड्खोलाले सञ्चालन गरेको तालिमपछि सुन्तलाको बोक्राबाट विभिन्न सौन्दर्य सामग्री उत्पादन गर्न सकिने जानकारी पाएसँगै आफूहरू यस क्षेत्रमा लागेको शर्माले बताउनुभयो।
महिलाहरूको यस उद्यमलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाले युवा लक्षित उद्यमशीलता कार्यक्रमअन्तर्गत सहयोग गरेको कृषि अधिकृत प्रतिमा बुढाथोकी क्षेत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार कच्चा पदार्थ, प्याकेजिङ तथा लेबलिङ मेसिन उपलब्ध गराएर कार्यक्रमले सहजीकरण गरेको हो।

करिब आठ लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको उद्योगबाट उत्पादित सामग्री बिहीबार आयोजित कार्यक्रममा पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले औपचारिक रूपमा सार्वजनिक गर्नुभयो।
सञ्चालकहरूका अनुसार उत्पादनको दायरा विस्तार गर्दै आगामी दिनमा विदेशी बजारमा समेत नेपाली ब्रान्डका रूपमा निर्यात गर्ने लक्ष्य लिइएको छ।
स्थानीय स्रोत र सीपलाई उत्पादनसँग जोड्ने यो प्रयासले सुन्तलाको बोक्राको सदुपयोग गर्दै फोहोर व्यवस्थापनमा टेवा पुर्याउने, महिला उद्यमशीलता प्रवर्द्धन गर्ने, रोजगारी सिर्जना गर्ने र स्याङ्जाको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















