कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

पोखरा,१८ असार- कास्की जिल्लाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ।

पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ बमोजिम सम्पूर्ण प्रक्रीयाहरू पूरा गरि बिहीवार जिल्ला समन्वय समिति कास्कीमा विशेष समारोहका बिच सो घोषणा गरिएको हो।

यस अघि कास्किका सबै पालिकाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा भएका थिए।

उक्त अवशरमा जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलले सो अभियानलाई सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पक्षहरूलाई आभार व्यक्त गर्दै सबै तहका जन प्रतिनिधिहरू र आम जनताकाे सहयाेगले नै अभियान सफल भएकाे बताउनुभयो।

 स्वस्थ्य नागरिक नै भाबी नेपालको समृद्धिको मुख्य आधार भएको हुँदा भाबी नागरिक अहिलेका बालबालिकाको स्वस्थ्य अबस्थाका लागि सुरक्षात्मक उपाय खोप नै प्रभाबकारी भएको उल्लेख गर्नुभयो ।

 सो अवशरमा स्वास्थ्य मन्त्रालयका सचिब डा. युबानिधी बसौला ,मन्त्रालयका अतिरिक्त सचिब खिम बहादुर खड्का ,जिसस कास्कीका उप प्रमुख सरिता माल , जिल्ला खोप समन्वय समिति सदस्य सचिब मधुरजी ढकाल ,जिल्ला समन्वय अधिकारी नवराज बराल सहितले आ आफ्नो भनाइ राख्नु भएको थियो। 

कार्यक्रममा अभियान सफल पार्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने तथा सेवा अबकास प्राप्त गर्ने महिला स्वास्थ् स्वयंसेबिकाहरू लाई सम्मान समेत गरिएको थियो।

ताजा

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal