वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
वालिङ,१६ असार- वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम सम्पन्न गरेको छ।
शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि, २०८० बमोजिम सञ्चालन गरिएको कार्यक्रममा तालिम सफलतापूर्वक सम्पन्न गरेका २५ जना नवप्रवेशी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको हो।
कार्यक्रममा ५ जना मेन्टर शिक्षकहरूले नवप्रवेशी शिक्षकहरूलाई शिक्षण–सिकाइ प्रक्रिया, कक्षाकोठा व्यवस्थापन, विद्यार्थीमैत्री शिक्षण विधि, शैक्षिक योजना निर्माण तथा व्यावसायिक विकाससँग सम्बन्धित विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरेका थिए।
“शिक्षक सशक्तिकरण, गुणस्तरीय शिक्षाको आधार” भन्ने मूल नारासहित सञ्चालन गरिएको मेन्टरिङ कार्यक्रमले नयाँ शिक्षकहरूको शिक्षण सीप, नेतृत्व क्षमता, व्यावसायिक दक्षता तथा प्रभावकारी शिक्षण अभ्यास विकासमा महत्वपूर्ण योगदान पुगेको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले शिक्षा क्षेत्रमा प्रविधिको तीव्र विकाससँगै शिक्षकहरूको भूमिका थप चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो। परम्परागत शिक्षण प्रणालीलाई आधुनिक प्रविधिमैत्री शिक्षण विधिसँग समायोजन गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।
कार्यक्रमको समापनमा सहभागी २५ जना नवप्रवेशी शिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। वालिङ नगरपालिकाले यस्ता क्षमता विकासका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तर सञ्चालन गर्दै विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















